ट्राफिक व्यवस्थापनका लागि महाशाखामा राखिएको सिसी क्यामरा र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको सिसी क्यामरामार्फत ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनलाई निगरानीमा लिएर कारबाही सुरु गरेको हो ।
दुई वर्ष पहिलेदेखि महाशाखाले सिसी क्यामराको माध्यमबाट सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको भएतापनि नियम मिच्ने सवारी साधनलाई सिसी क्यामेराबाट नम्बरप्लेटको निगरानी गरेर विस्तृत विवरण निकाली पत्र काट्न लागेको हो ।

चालकले जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि महाशाखाले चालकको घरमा नै चिठी पठाएर कारबाही प्रक्रिया अगाडि बढाएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासीनीले बताए । “सबै ठाँउमा ट्राफिक पुग्न सक्दैन, जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि दुर्घटना धेरै हुने भएकाले हामीले कारबाहीलाई तीव्रता दिएका हौँ,” – उनले बताए ।
सिसी क्यामरामार्फत महाशाखाले एक हप्ताको समयमा ३१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । जसमध्ये तीन जनालाई फोनमार्फत महाशाखामा बोलाएर कारबाही गरिएको र बाँकीलाई चिठी काट्ने तयारी भइरहेको सहप्रवक्ता मसासिनीले जानकारी दिए ।
उपत्यकामा, यो आर्थिक वर्षको माघ मसान्तसम्म पाँच लाख ३३ हजार १९९ सवारी साधनले सवारी नियम उलंघन गरेको महाशाखाले जनाएको छ । आफू चढेको सार्वजनिक सवारी साधनले जथाभावीरुपमा हर्न बजाएमा, तीव्र गतिमा सवारी चलाएमा वा लेन अनुशासन पालना नगरेको फोटो भिडियो प्रमाण सहित महाशाखामा दिएमा महाशाखाले कारबाही गर्ने जनाएको छ ।
ेसवारी साधन धेरै र सडक साँघुरो भएका कारण काठमाडौँ उपत्यकामा धेरै दुर्घटना हुने गरेको छ । काठमाडौँ उपत्यकामा एक हजार ५९४ किलोमिटर सडक भए पनि सवारी साधन गुड्ने व्यस्त सडक ४७२ किलोमिटर मात्र रहेको छ । उपत्यकामा हाल एक हजार ८५ जनशक्तिले ३८ ट्राफिक एकाइबाट ट्राफिक व्यवस्थापन गर्दै आएका छन् ।
यातायात व्यवस्था विभागका प्रवक्ता वीरेन्द्रबहादुर स्वाँरले काठमाडौँ उपत्यकामा ११ लाख र देशभर २८ लाख सवारी साधन सञ्चालनमा रहेको बताए । उनले भने, “साँघुरो सडक र धेरै सवारी साधनका कारण उपत्यकाको सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको छ,” ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनाल चालकले ट्राफिकको आँखा छलेर ट्राफिक नियम उल्लघंन गरेका घटना बढेपछि महाशाखाले यो अभियान शुरु गरेको बताए । “एउटा चालकको बदमासीका कारण अरु राम्रा चालकले पनि बदमास नगरुन भनेर हामी उक्त कारबाही अभियान शुरु गरेका हौँ,” – उनले भने ।
यसअघि महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि जथाभावी धुवाँ फाल्ने सवारीदेखि जथाभावी हर्न बजाएर हिँड्ने सवारी साधनलाई कारबाही गर्नुका साथै सडकमा सवारी चालकलाई ट्राफिक शिक्षा प्रदान गरिसकेको छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष