खेलमा शरद भेषावकरले नेपालका लागि सर्वाधिक २९ रन जोड्न सफल भएका थिए । भने, अाजकाे खेलबाट अन्तराष्टिय खेलमा डेब्यू गरेका रोहित पौडेलले १७ रन बनाए । दिपेन्द्र ऐरी ६ रन, करन केसी ३ रन र सोमपाल कामी १३ रनमा आउट भए । यसले नेपाली खेलाडीमा अझ दवाव बढेपनि वसन्त रेग्मीले २४ रन बनाउँदा नेपाललार्इ जित तर्फ फर्कन सहज भयाे । वसन्तले ४९ औं ओभरमा छक्का तथा अन्तिम ओभरमा चौका प्रहार गर्दै नेपालको रोमाञ्चक जित सुनिश्चित गरेका थिए । नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ४ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियालाई ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट गरेकाे थियाे । नेपालका लागि सन्दिप लामिछानेले ८.२ ओभर खेल्दै २ मेडेन साथ १८ रन खर्चिंदै ४ विकेट लिन सफल भए । सोमपाल कामीले ३ विकेट तथा वसन्त रेग्मी, शरद भेषावकर र पारस खड्काले १/१ विकेट लिएर नामिबियालार्इ सस्तैमा समेटेका थिए ।
सोमपाल कामीले पहिलो ओभरमै नेपाललाई विकेट दिलाउन सफल भएका थिए । त्यसपछि आक्रामक ब्याटिङ गरेको नामिबियाको एक स्थितिमा २ विकेटको क्षतिमा ७५ रन थियो । तर नेपाली बलरहरुको कसिलो बलिङले नामिबियाको मिडल अर्डर ध्वस्त गरेको थियो ।
नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक ४१ रन जोडे भने जान फ्राइलिन्क र जेन ग्रिनले समान २२ रन जोड्दा अन्य ब्याट्सम्यानले महत्त्वपूर्ण योग्दान दिन सकेनन् । विलियम्सलाई सन्दिपकाे शिकार भए ।
भाेली नेपालले अाफ्नाे दाेस्राे खेल ओमनसँग खेल्नेछ ।
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
काठमाडौँ, साउन ११ गते । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल
सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज
जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध