माघ २४, काठमाडौं । दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार युवतीकै ‘ब्वाइफ्रेन्ड’ शैलेस कार्की र हेटौँडाका दीपक श्रेष्ठ हुन् । उनीहरूले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा युवती बलात्कारको योजना बनाएका थिए । उनीहरूसँग विकास गौतम र रवि पौडेल पनि सँगै थिए ।
‘घटना सुनियोजित ढंगले भएको देखिन्छ । युवतीको बयान र भेटिएका तथ्य विश्लेषण गर्दा मुख्य योजनाकार उनकै ब्वाइफ्रेन्ड भएजस्तो देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘उनलाई दिपक श्रेष्ठले साथ दिएको देखिन्छ । घटनाका अरोपी सबै फरार रहेकाले अनुसन्धानपछि मात्र खुल्नेछ ।
बलात्कारका आरोपी युवा ‘एक्सपो’ मा जान काठमाडौं
भारतको चेन्नाईमा ‘अशोक लेल्यान्ड अटो मोबाइल’ ले ‘एक्सपो’ आयोजना गर्दै छ । त्यसमा सहभागी हुन घटनाका चारै आरोपी जाँदै थिए । हेटौँडाबाट दिपक र विकास काठमाडौं आएका थिए । उनीहरूले दरबारमार्र्गस्थित होटल ल्यान्डमार्कका पाँचवटा कोठा बुक गरेका थिए । तीनजनालाई होटलमै बस्न भनेर शैलेश र दिपक मदिरा पिउन लाजिम्पाटको रेस्टुरेन्ट पुगेका थिए । त्यहीँ युवती बलात्कारको योजना बनेको प्रहरीको भनाइ छ ।
‘चेन्नाईमा अटो एक्सपो हुँदै रहेछ । त्यसैमा भाग लिन सबै जम्मा भएका रहेछन् । राति बस्न होटलमा कोठा बुक गरेपछि रेस्टुरेन्ट छिरेर मदिरा खाए । रमाइलो गर्ने प्रसंग निस्किएपछि युवती बोलाइयो र होटलमा लगियो । त्यसपछि चारैजनाले पालैपालो बलात्कार गरे,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने । बलात्कृत युवतीले भोलिपल्ट प्रहरीमा जाहेरी दिएपछि ब्वाइफ्रेन्ड भनिएका शैलेश भने चेन्नाई जान सकेनन् । तीनजना भने एक्सपोमा सहभागी हुन चेन्नाई उडेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले पनि चेन्नाईमा हुने अटो एक्सपोमा भाग लिन जम्मा हुने क्रममा बलात्कारको घटना भएको बताए । घटनामा संलग्न कोही पनि पक्राउ नपरेकाले विस्तृत रूपमा भन्न कठिन रहेको उनको भनाइ छ ।
डिल भएमध्येको तीन लाख सइको खातामा
बलात्कार घटना मिलापत्रका लागि ३० लाख रुपैयाँको डिल भएको थियो । पैसा लेनदेनमा पीडित र पीडक दुवै पक्ष राजी भए । प्रहरीले आफ्नो हिस्सा खोज्यो । हिस्सा माग्दै अगाडि आए सइ चन्द्र भण्डारी । दुवै पक्षबीच तीस लाखमध्ये तीन लाख सइ भण्डारीको बैंक खातामा दाखिला गर्ने सहमति भयो र जम्मा गरियो । बाँकी २७ लाख भने पीडित पक्षलाई बुझाइयो । सइ भण्डारी अहिले निलम्बनमा छन् ।
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि