February 6, 2018

चेकजाँच नगर्न आग्रह गर्दै घुस दिने गुरु होटेलका सञ्चालक पुगे जेल

 २३ माघ, काठमाडौं । आफ्नो होटलमा चेकजाँच नगरिदिनु भन्दै प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति नै प्रहरीको फन्दामा परेका छन् ।उनले छापा मार्न गएको प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठसहितको टोलीलाई घुस स्वरुप नगद ५ हजार रुपैयाँ दिन खोजेका थिए । लगत्तै उनलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइएको महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहनकुमार थापाले अनलाइनखबरलाई बताए ।महानगरीय प्रहरी वृत, जनसेवाको प्रहरी टोलीले होटल तथा लजमा चेकजाँच गर्ने क्रममा घुस दिएर होटलमा छापा नमार्न अनुरोध गर्ने श्री गुरु होटलका सञ्चालक भरतपुर महानगरपालिका–१० घर भइ सुन्धारामा होटल सञ्चालन गर्दै आएका २९ वर्षीय सुदिप न्यौपाने पक्राउ परेका हुन्।

उनलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइएको महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहनकुमार थापाले बताए । नेपाल प्रहरीको आर्थिक अनियमिततामा शुन्य सहनशिलताको अवधारणा अनुरुप आन्तरिक सुद्धिकरण अभियान लागू भएपछि प्रहरीमा आएको परिवर्तन बुझ्न नसक्दा होटल सञ्चालक फस्न पुगेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि