February 4, 2018

नयाँ सरकार बनेपछि मोदी नेपाल आउने: प्रदीप ज्ञवाली

फाइल फोटो

२१ माघ, काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले स्वराजको यो भ्रमणबाट नयाँ परम्पराको थालनी भएको र नेपालको समथ्र्य बढ्दोछ भन्ने देखिएको बताए ।

रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेपालमा सरकार बनाउन लागेको शक्तिसँग मिलेर काम गर्न तयार छौं भनेर प्रधानमन्त्रीको विशेष दूत आउनु सकारात्मक भएको बताए ।‘नेपालमा सरकार बनाउन बाहृय शक्तिको आशिर्वाद चाहिन्छ भन्ने गलत परम्परा स्थापित हुँदै आएको थियो । त्यो तोडिएको छ’ ज्ञवालीले भने, ‘नयाँ सरकार बन्न लागेको समयमा सरकारको नेतृत्व गर्न लागेको दललाई यहीँ आएर बधाइ दिनु भनेको नेपालको समर्थ्य बढ्दोछ भन्ने हो ।’

एमाले सचिव ज्ञवालीले स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गरे । एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको फोन वार्तामा दुवै पक्षले एक-अर्कालाई भ्रमणको निम्तो दिएको भन्दै उनले नयाँ सरकार बनेपछि मोदी नेपाल आउने बताए ।

संविधान जारी भएपछि भारतले आफ्नो नीति पुनरावलोकन गर्न चाहेको संकेत पाइएको ज्ञवालीको भनाइ छ । यद्यपि दुई देशको सम्वन्ध आगामी दिनमा कस्तो हुन्छ भन्ने ठोकुवा गर्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा