
काठमाडौं १५। सबैभन्दा पछि स्थापना भएको पशुपंक्षी विकास मन्त्रालयमा राज्यमन्त्री शम्भुलाल श्रेष्ठले सुरु नै नभएको परियोजनामा कर्मचारी राख्न दबाब दिने गरेको खबर छ । विश्व बैंकको सहयोगमा पशुपंक्षी मन्त्रालयअन्तर्गत १२ अर्ब रुपैयाँको ‘लाइभस्टक सेक्टर इनोभेसन प्रोेजेक्ट’ १ देखि ५ नम्बर प्रदेशका जिल्लाहरुमा संचालन हुँदैछ । तर परियोजना सुरु नहुँदै राज्यमन्त्री श्रेष्ठले सर्लाहीका आफन्त भर्ति गर्न दबाब दिन थालेका छन् । जबकि उक्त प्रोजेक्टको सर्लाही जिल्ला कार्यक्षेत्र नै छैन ।
राज्यमन्त्री श्रेष्ठले सचिव विश्वनाथ ओलीलाई ‘तपाईका काम मात्र गर्न राज्यमन्त्री भएको हुँ र’ भन्दै प्रोजेक्टमा आफन्त भर्ति गर्न दबाब दिएको स्रोतले बताएको छ । सचिवले पनि ”म चाहिं तपाईका आफन्त भर्ति गर्नका लागि सचिव भएको हुँ र ? नियमअनुसारका काम गर्छु, प्रोजेक्ट नै सुरु नभई कसरी मानिस राख्न मिल्छ” भनेर जवाफ दिएपछि राज्यमन्त्री हिस्स परेको बताइन्छ । सिनियर सचिव ओलीलाई देउवा सरकारले वातावरण मन्त्रालयबाट पशुपंक्षीमा धपाएको थियो ।
‘लाइभस्टक सेक्टर इनोभेसन प्रोेजेक्ट आफन्त भर्ति र दुग्ध विकास संस्थानको महाप्रबन्धक र दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक नियुक्ति गरी यहीबीचमा राज्यमन्त्री असुली गर्ने योजनामा रहेको मन्त्रालय स्रोत बताउछ । माओवादीबाट राज्यमन्त्री भएका श्रेष्ठ चुनावअघि टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका थिए । र, प्रधानमन्त्री देउवाले सबै माओवादी मन्त्रीलाई विनाविभागीय बनाए पनि उनलाई पशुपक्षी मन्त्रालयको जिम्मा दिएका थिए । दुग्ध विकास संस्थानको महाप्रबन्धक बनाउने भनेर चुनावमा गंगा तिमिल्सिनासंग आर्थिक सहयोग लिएर पछि इश्वरी अधिकारीलाई नियुक्ति गर्र्न खोजेका थिए । तर अदालतमा मुद्दा दायर भएकाले रोकिएको छ । तिमिल्सिना र राज्यमन्त्रीबीच आर्थिक लेनदेन गरेर पनि महाप्रबन्धक नबनाएकोमा विवाद समेत भएको मन्त्रालयका अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार, राज्यमन्त्री श्रेष्ठले तिमिल्सिनाबाट लेनदेन गरी उनलाई धोका दिइसकेका छन् । अब ईश्वरी अधिकारीसंग कुस्त पैसा लिएर नियुक्ति गर्न खोजिरहेका छन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि