January 29, 2018

अब बन्ने अख्तियार प्रमूख को ?

th
१५ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात केही दिनमै अवकाश हुँदैछन् । उनको कार्यकाल फागुन पहिलो हप्ता सकिँदैछ । उनको कार्यकालपछि रिक्त एक आयुक्त पदमा जान चाहनेहरु भित्रभित्रै लबिङमा छन् ।

बाम गठबन्धनको सरकार नबनेसम्म आयुक्त नियुक्ति हुने सम्भावना छैन । संवैधानिक परिषदको सिफारिस आवश्यक पर्ने भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेर पनि अख्तियारको प्रमुख आयुक्त र आयुक्त नियुक्ति गर्नसक्ने अवस्था छैन । त्यसकारण पनि बाम गठबन्धनको सरकार बनेपछिमात्र अख्तियारमा नियुक्ति हुनेछ ।
घिमिरे पूर्वकै भएकाले अहिलेसम्म प्रधानमन्त्री हुने भनिएका केपी शर्मा ओलीले उनलाई नै प्रमुख आयुक्त बनाउने अड्कलबाजी सबैले गरेका छन् । घिमिरे एमालेकै कोटाबाट आयुक्त भएकाले केपी ओली प्रधानमन्त्री भएपछि उनी हुने कुरा लगभग निश्चित जस्तै मानिएको छ ।नेपालको संविधान २०७२ अनुसार अख्तियारमा प्रमुख आयुक्त र आयुक्त समेत पाँचजना हुनेछन् । प्रमुख आयुक्त बस्न्यातसमेत अहिले अख्यितारमा पाँच जना छन् । बस्न्यातको उमेरका कारण अवकाशपछि प्रमुख आयुक्त हुनेमा आयुक्त नवीन घिमिरेको नाम लिने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल