January 29, 2018

सन्दीपको छलाङः प्रधानमन्त्री र नेताहरूको बधाई

 

 



सन्दीप लामिछाने

सन्दीप लामिछाने
 

क्रिकेटभन्दा बढी पैसा। पैसाभन्दा बढी ग्ल्यामर। अनि ग्ल्यामरभन्दा बढी मनोरञ्जन। यी तीनै विशेषताको संगम इन्डियन प्रिमियर लिग (आईपीएल) यसपल्ट नेपाली दर्शकका लागि विशेष हुने पक्का छ। किनकि यसको ११ औं संस्करणमा १७ वर्षीय स्पिनर सन्दीप लामिछाने हुनेछन्।

 

यसअघिका आईपीएल संस्करणमा अन्य देशका खेलाडीको प्रदर्शन हेरेर चित्त बुझाएका नेपाली दर्शकलाई दिल्ली डेयरडेभिल्ससँग अनुबन्धित सन्दीपको उपस्थिति ऐतिहासिक बन्न गएको हो। आईपीएलका लागि बेङ्गलोरमा आइतबार भएको दोस्रो तथा अन्तिम दिनको अक्सन (खेलाडी खरिदका लागि हुने बोल कबोल) मा सन्दीपलाई दिल्लीले २० लाख भारुमा खरिद गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिपेन्द्र गुरुङले लेखेका छन्।

यससँगै उनी आईपीएलका लागि अक्सनमा पर्दै अनुबन्धित हुने पहिलो नेपाली क्रिकेटर बनेका छन्। ‘अनुबन्धित भएकामा एकदमै खुसी छु,’ उनले शुभचिन्तकप्रति ट्वीटमार्फत कृतज्ञता दर्शाए, ‘यात्रा अब सुरु भयो।’

यसअघि नेपाली राष्ट्रिय टोलीका अर्का स्पिनर शक्ति गौचनले सन् २०१२ मा आईपीएल टोली राजस्थान रोयल्समा अभ्यासको अवसर पाएका थिए। यद्यपि, उनले त्यसबेला राजस्थान रोयल्ससँग अनुबन्ध हुने र प्रतियोगिता खेल्ने अवसर पाएका थिएनन्। नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको विशेष पहलमा राजस्थान पुगेका शक्ति केही समयको अभ्यासपछि स्वदेश फर्केका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटमार्फत् सन्दीपलाई बधाई दिँदै आफूमात्रै नभई सिंगै देशले उनीप्रति गर्व गरिरहेको बताए। उनले नेपाली खेलाडीप्रति विश्वास दर्शाएकामा डेयरडेभिल्सलाई पनि धन्यवाद दिए। सन्दीपलाई बधाई थप्नेमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरु छन्। अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले सन्दीपको छनोटमा नेपालीहरुलाई नै बधाई दिँदै खुसी साटेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल