बजेट अभावमा आधा दर्जन सडकको निर्माण ठप्प

narayanghat-muglin-road-construction-5584269कपिलवस्तु । बजेट अभावका कारण यहाँका आधा दर्जन सडक निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेका छन् । डिभिजन सडक कार्यालय कपिलवस्तुले गत आवमा जिल्लामा क्षेत्रीय तथा पर्यटकीय महत्वका छ वटा सडकलाई कालोपत्रे तथा विस्तार गर्ने ठेक्का लगाएको थियो । बहुवर्षे सडकअन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महत्वका यहाँका छ वटा मुख्य सडकको निर्माण कार्य यति बेला बजेट अभावका कारण ठप्प हुने अवस्थामा छन् । 

जिल्लाको कोइली–कोपवा–तिलौराकोट, सुठौली–बैदौली–पटना, पकडी–जयनगर, बरोहिया–पचेहरा, चाकरचौडा–गौरा–सिसहनिया र पिपरा–पकडी सडक निर्माणबीचमै रोकिने भएको हो । बहुवर्षीय ठेक्कामार्फत निर्माणाधीन अवस्थामा रहेका ती सडकमा अर्थ मन्त्रालयले थप बजेट नदिएपछि कामबीचमै रोकिने सम्भावना बढेको डिभिजन सडक कार्यालय शिवपुरले जनाएको छ । 

डिभिजन सडक कार्यालय शिवपुरले गत आवमा ठेक्का सम्झौता गरी अहिलेसम्म सबै सडकमा काम भइरहेको भए पनि मन्त्रालयबाट समयमै थप बजेट नआउँदा चालू आवमा कामको भुक्तानी दिनसमेत समस्या भएको डिभिजन प्रमुख रमेश पौडेलले जानकारी दिए ।  

उनले भने, “तीन वर्षको ठेक्का सम्झौता भएको छ, पहिलो चरणको भुक्तानी दियौँ, अब बजेट नै छैन कसरी काम अघि बढाउने” । 

अर्थ मन्त्रालयले आव ०७३/७४ मा २१ वटा सडक स्तरोन्नति तथा निर्माण गर्न रु आठ लाखका दरले बजेट दिएको थियो । जसमध्ये छ वटा सडकलाई बहुवर्षीय आयोजनामार्फत ठेक्का लगाउन अर्थले सहमति दिएको थियो । 

सोहीअनुसार ठेक्का लगाई गत आव ०७३/७४ को रकम निकासा गरेको अर्थले यस आव ०७४/७५ मा भने बजेट नै नछुट्याएपछि सडक निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको हो । 

कार्यालयका अनुसार पूर्व–पश्चिम राजमार्गदेखि प्राचीन तिलौराकोट दरबार जोड्ने कोइली–कोपवा–तिलौराकोटको आठ किलोमिटर सडक निर्माण द्रुत गतिमा भइरहेको छ । सात मिटर चौडा कालोपत्रे सडक निर्माणका लागि रु १५ करोडमा अर्घाखाँची निर्माण सेवालाई ठेक्का दिइएको छ । 

तर ठेकेदार कम्पनीले २५ प्रतिशतभन्दा बढीको काम गरिसकेको कार्यालयले जनाएको छ । आव २०७४ ठेकेदार सागर भुसालले अहिलेसम्म रु चार करोडभन्दा बढीको काम गरिसके पनि भुक्तानी नपाएको गुनासो गरे । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि