January 21, 2018

दुई सन्तान अनुमति दिइए पनि चीनमा जन्मदर घट्यो

 

बेइजिङ, ७ माघ : चीनमा जन्म दर घटेको समाचार छ । चीन सरकारले यहाँका सबै दम्पत्ति लाई दुई सन्तान जन्माउने अनुमति दिइएको भए पनि जन्म दरमा भने झनै कमी आएको समाचारमा जनाइएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क विभागले दिएको जानकारी अनुसार चीनमा गत वर्ष जम्मा १ करोड ७२ लाख बच्चा जन्मिएका छन् । तर त्यसको अघिल्लो वर्ष अर्थात् सन् २०१६ मा भने १ करोड ७९ लाख बच्चा जन्मिएका थिए ।

चिनियाँ सबै दम्पत्तिलाई पहिला दुई सन्तान जन्माउने अनुमति थिएन । चीनको एक बच्चा नीतिमा यहाँको सरकारले सन् २०१५ मा परिवर्तन गरेको थियो । त्यस यता चीनका सबै दम्पत्तिले दुई सन्तान जन्माउन पाउने अधिकार प्राप्त गरेका छन् ।

चीन सरकारले सन् १९७० को दशकदेखि नै एक बच्चा नीति अख्तियार गरेको हो । त्यसमा परिवर्तन गरी सन् २०१५ मा सबै दम्पत्तिले बच्चा जन्माउन पाउने बनाएको हो ।

यो नीति अख्तियार गर्ने बेलामा सन् २०१५ मा चीन सरकारले चीनमा अब धेरै बच्चा जन्मिन सक्ने र यसले देशको जनसङ्ख्या बढ्ने अनुमान गरेको थियो ।

तर सन् २०१७ को पछिल्लो परिणाम हेर्दा भने त्यसो हुन नसकेको देखिएको छ । त्यसैले यहाँका अधिकारीहरुले यसका कारणहरुको खोजी गर्ने जनाएका छन् ।

विशेषगरी यहाँका दम्पत्तिमा सानो परिवारको चाह बढ्दो रुपमा रहेको, महङ्गी आदि कारणले गर्दा थोरैमात्र बच्चा जन्माउने चाहना देखिएको पाइएको केही नीति निर्माताहरुको अनुभव छ ।

त्यसैगरी चिनियाँ नागरिकहरुले ढिला विवाह गर्ने गरेका कारणले गर्दा पनि जन्मदर त्यति धेरै नहुने अनुमान गरिएको छ । त्यसैले अब चीनमा एक मात्र बच्चा जन्माउने आमाबुबाहरुको सङ्ख्या नै धेरै हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि उक्त समाचारमा जनाइएको छ । (रासस/एपी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन