January 19, 2018

कांग्रेस कार्यकर्ताबाटै प्रधानमन्त्रीको पुत्ला दहन, गृहिजल्लामै पनि जल्याे पुत्ला !

 

प्रदेश नम्बर ७ को अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा टाँगेका छन्। पार्टीको झण्डा हटाएर कालोझण्डा हालिएको हो। नेपाली कांग्रेसकै सभापति प्रधानमन्त्री भएको बेला दिपायल राजधानी नबनाएको आक्रोशमा कालोझण्डा राखेको आन्दोलनकारीहरुले जनाएका छन्।

यसअघि बुधबारदेखी नेपाली कांग्रेस डोटीको जिल्ला कार्यसमितिले सामूहिक रुपमा पार्टीको सदस्यता त्यागेका छन्। जसमा जिल्लामा सक्रिय सबै तहका नेता कार्यकर्ताहरुले पनि सदस्यता त्यागेको घोषणा गरेका हुन्। जसमा अझै घोषणा गर्ने क्रम जारी रहेको छ।

यता, प्रदेश ७ को राजधानी कैलाली तोकिएको विरोधमा गृहजिल्लामै  देउवाको पु्त्ला जलाएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकेको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रदर्शनकारीले डडेल्धुरा सदरमुकाममा रहेको बसपार्कमै पुत्ला जलाएका छन् । प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्लाको शवयात्रासमेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले