पाकिस्तानसँगको पाँच खेलको एक दिवसीय क्रिकेट सिरिजको चौथो खेलमा न्यूजील्याण्डले जित हात पारेको छ । चौथो खेलमा लगातार जित हात पारेसँगै न्यूजील्याण्ड ४–० ले सिरिज लिड गरेको हो ।
सेडोन पार्कमा भएको खेलमा २६३ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको घरेलु टोली न्यूजील्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले निर्धारित ओभर सकिन २५ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य भेटायो ।
न्यूजील्याण्डको जितका लागि कोलिन डि ग्रान्डहोमले अविजित ७४ रन बनाए । उनले ४० बलको सामना गर्दै ७ चौका र ५ छक्का प्रहार गर्दै ७४ रन बनाएका थिए । त्यस्तै, हेन्री निकोल्स पनि अर्धशतकीय पारी खेल्दै ५२ रनमा अविजित रहे । त्यस्तै, न्यूजिल्याण्डका लागि कोलिन मोनरोले ५६ र कप्तानल केन विलियम्सनले ३२ र मार्टिन गुप्टिलले ३१ रन बनाएका थिए ।
बलिङतर्फ भने सादब खानले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६२ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हफिजले ८१ रन बनाएका थिए । उनले ८० बलको सामना गर्दै ५ चौका र ४ छक्का प्रहार गरेका थिए ।
त्यस्तै, पाकिस्तानका लागि फखर जमानले ५४, कप्तान सफ्र्रज अहमदले ५१ र हरिष सोहइलले ५० रनको योगदान दिएका थिए । ५ खेलको एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल जनवरी १९ तारिखमा हुनेछ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन