January 7, 2018

चिसोकै कारण सिरहामा एक बालक सहित तीन जनाको मृत्यु

पौष २३, २०७४,

 

सिरहा/ सिरहा लगायत तराइका जिल्लाहरुमा पछिल्लो दुईसाता भन्दा बढी समयदेखि चलेको शितलहर र कुहिरोको कारण जनजीवन कष्टकर बनेको छ । दिनभरी जसो चल्ने चिसो हावा र तुसारोले वृद्ध तथा बालबालिका बढी प्रभावित हुने गरेको छ ।

चिसोकै कारण सिरहामा एक बालक सहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालीका ७ कसहाका ५५ वर्षिय रामरतन महतो र गोलबजार नगारपालीका ४ का शम्भु साहका ६ वर्षिय छोरा लभ कुमार साहको आज विहान मृत्यु भएको छ भने गोलबजार २ लालपुरका ७० वर्षिय रामप्रसाद महतो हिजै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाडोले बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको स्थानीय रामभरोसी यादवले जनाएको छ । दुवै वृद्धहरु भने दमका रोगी रहेको बताइएको छ । जाडो बढेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ ।अस्पतालहरुमा विरामीहरु बढेको छ । जिल्ला अस्पताल सिरहाका प्रमुख चुमनलाल दासका अनुसार जिल्लाका सवैजसो निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रुघा खोकी, जरो, कोल्ड डायरियाका विरामीहरु बढेका छन् ।

यसैबीच अत्यधिक चिसोबढेपछि सिरहाको करजन्हा नगरपालिका ७ प्रेमनगरको मुसहर वस्तीमा धुर्मुस सुन्तली फाउन्डेसनले ६५ परिवारलाई कम्वल वितरण गरेको छ । फाउण्डेशनले उपलब्ध गराएको बल्यांकेट जनकपुरका पत्रकार शैलेन्द्र महतो सहितका समूहले वस्तीम पुगेर वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष