January 7, 2018

चिसोकै कारण सिरहामा एक बालक सहित तीन जनाको मृत्यु

पौष २३, २०७४,

 

सिरहा/ सिरहा लगायत तराइका जिल्लाहरुमा पछिल्लो दुईसाता भन्दा बढी समयदेखि चलेको शितलहर र कुहिरोको कारण जनजीवन कष्टकर बनेको छ । दिनभरी जसो चल्ने चिसो हावा र तुसारोले वृद्ध तथा बालबालिका बढी प्रभावित हुने गरेको छ ।

चिसोकै कारण सिरहामा एक बालक सहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालीका ७ कसहाका ५५ वर्षिय रामरतन महतो र गोलबजार नगारपालीका ४ का शम्भु साहका ६ वर्षिय छोरा लभ कुमार साहको आज विहान मृत्यु भएको छ भने गोलबजार २ लालपुरका ७० वर्षिय रामप्रसाद महतो हिजै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाडोले बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको स्थानीय रामभरोसी यादवले जनाएको छ । दुवै वृद्धहरु भने दमका रोगी रहेको बताइएको छ । जाडो बढेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ ।अस्पतालहरुमा विरामीहरु बढेको छ । जिल्ला अस्पताल सिरहाका प्रमुख चुमनलाल दासका अनुसार जिल्लाका सवैजसो निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रुघा खोकी, जरो, कोल्ड डायरियाका विरामीहरु बढेका छन् ।

यसैबीच अत्यधिक चिसोबढेपछि सिरहाको करजन्हा नगरपालिका ७ प्रेमनगरको मुसहर वस्तीमा धुर्मुस सुन्तली फाउन्डेसनले ६५ परिवारलाई कम्वल वितरण गरेको छ । फाउण्डेशनले उपलब्ध गराएको बल्यांकेट जनकपुरका पत्रकार शैलेन्द्र महतो सहितका समूहले वस्तीम पुगेर वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र