January 7, 2018

स्थिर र प्रतिभाशाली’ व्यक्ति हुँ: ट्रम्प

पुस २३ काठमाडौ ।

राष्ट्रपति ट्रम्पतस्वीर कपीराइटGETTY IMAGES

असक्षम राष्ट्रपति भएको भन्दै आफ्नो तीव्र आलोचना गरिएको एक पुस्तक सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो जोडदार बचाउ गरेका छन्।

उनले आफू एक ‘स्थिर प्रकृतिको प्रतिभाशाली व्यक्ति’ भएको बताएका छन्।

त्यसअघि ‘फायर र फ्युरी’ पुस्तकका लेखक माइकल वूल्फले आफ्नो पुस्तकले राष्ट्रपतिलाई पदत्याग गर्न बाध्य तुल्याउने बीबीसीलाई बताएका थिए।

ट्रम्पको मानसिक स्वास्थ्यको ‘बचाउ

चाउ

आफ्नो कटु आलोचना गरिएको पुस्तक सार्वजनिक भएपछि ट्वीटरमा निकै सक्रिय भएका राष्ट्रपति ट्रम्पले आफ्नो मानसिक स्थिरता आफ्नो सबैभन्दा ठूला सम्पत्तिमध्येमा पर्ने उल्लेख गरेका छन्।

उनले रुससँग जोडिएका अनुसन्धानहरु पूर्णरुपमा असत्य साबित भएपछि विपक्षी डेमोक्रयाटहरुले आफ्नो मानसिक अवस्थाबारे प्रश्न चिन्ह लगाएको बताए।

ट्रम्पका वकीलहरुले ‘फायर एण्ड फ्युरी’ शीर्षकको किताब प्रकाशनमा रोक लगाउने कोसिस गरेका थिए।

माइकल वुल्फतस्वीर कपीराइटGETTY IMAGES

तर शुक्रवार प्रकाशित त्यो पुस्तक निकै धेरै संख्यामा विक्री भइसकेको बताइएको छ।

ट्रम्प सन् २०१८ का प्राथमिकताहरु चयन गर्न डाकिएको आफ्नो पार्टीको बैठकमा व्यस्त भएको बेला त्यो पुस्तक सार्वजनिक भएको हो।

क्याम्प डेभिडमा हुने राजनीतिक भेला नोभेम्बरमा हुने संसदको चुनावको रणनीतिमा केन्द्रित हुने बताइएको छ।

सो रिपब्लिकन भेलाले पार्टी र चुनावका लागि रकमको जोहो कसरी गर्ने भन्ने विषयमा समेत छलफल गर्दैछ।

आरोप

तर माइकल वूल्फको पुस्तकले ट्रम्पको मानसिक अवस्थाप्रति नै प्रश्न चिन्ह लगाउँदै उनी पूर्णत: विफल भएको उल्लेख गरेको छ।

उनको पुस्तकमा ट्रम्पको चुनावी टोली उनको जितबाट आश्चर्यचकित भएको, ह्वाइट हाउसका कमर्चारीले ट्रम्पको मानसिक स्वास्थ्य बिंग्रदै गएको भनेको जस्ता प्रसंग समेटिएका छन्।

तर एक ट्वीटर सन्देशमा ट्रम्पले आफ्नो मानसिक स्थिरता र आफ्नो चनाखोपन आफ्नो जीवनका दुई ठूला सम्पत्ति भएको उल्लेख गरेका छन्।

उनले आफ्नो चुनावी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनले पनि आफूलाई त्यस्तै दोष लगाएको तर त्यो टिक्न नसकेको बताए।

आफू एकदमै सफल व्यापारीबाट एकदमै ठूलो टिभी व्यक्तित्व हुन पुगेको लेख्न पनि ट्रम्पले छुटाएका छैनन्।

बि बि सि बाट साभार गरिएको ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन