January 1, 2018

  देउवाले  आक्रमक स्वरमा भने, चुनाब आफैं हार्ने अनि मलाई हरायो भन्ने ?

 

 
 
 

 

download१७ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी परीणामलाई देखाएर आफ्नो आलोचना गर्ने अालाेचकहरुलाई कडा जवाफ दिएका छन् ।  नेपाल विद्यार्थी संघले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा देवाले भने, हाम्रो पार्टी हारेको छैन ।एक्लाएक्लै पाएको भोट अरु कसैको भन्दा कम छैनौं ।’प्रदेश र प्रतिनिधिसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेपछि कांग्रेसमा नेतृत्वको आलोचना भइरहेको छ । प्रकाशमान सिंह, गगन थापा लगायतका नेताहरुले त नेतृत्व परिर्वतनको माग गरेका छन् ।तर, देउवाले उनीहरूको माग ठाडै अस्वीकार गरेका छन् ।

उनले अघि भने, एमालेले भन्दा कम मत ल्याएको छैन, पार्टीभित्र मेरो विरोध गर्नेहरुले पनि बुझुन् ।’कांग्रेस सभापति देउवाले चुनावी हारको दोष आफूलाई नदिन आग्रह गरे । ‘चुनाव आफैं हार्ने अनि मलाई हरायो भन्ने ?’ उनले भने, स्थानीय तहमा अन्तरघात गर्नेलाई कारबाही नगरेको फल अहिले पाएका छौं । त्यसैले अब कडा भन्दा कडा कारबाही गरिन्छ ।’उनले अब पार्टीमा अनुशासनसहित मेलमिलाप चाहिएको बताए ।साथै चुनावी परीणामलार्इ लिएर निराश नहुन युवाहरूलार्इ आग्रह गरे । ‘कांग्रेस हारेको छैन, तपाई युवाहरु किन निराश हुनुभएको ?’ उनले भने, ‘म बुढो त निराश भएको छैन, तपाईंहरु किन निराश हुने ?’

उक्त कार्यक्रममा कांग्रेस नेता  प्रकाशमान सिंहले दुई महिनामा गर्ने काम देउवाबाट दुई वर्षमा पनि भएन भनी कडा अालाेचना गरेका छन् ।  कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले राष्ट्रियताको माया गरेर २०३३ सालमा स्वदेश फर्किएका नेताको पार्टीलाई राष्ट्रियताको चर्को नारा लगाएर अरु दलले निर्वाचनमा हराउनु दुःखद कुरा भएको बताए ।अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब कांग्रेसभित्र पुनर्जागरणको खाँचो औंल्याए ।कार्यक्रममा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, नेता दीपक भट्टराईलगायतले नेतृत्वको कार्यशैलीका कारण पार्टी र नेविसंघ कमजोर हुँदै गएको भन्दै आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

जेनजी आन्दोलन : २३ अर्ब ३९ करोड बराबरको बिमा दाबी

काठमाडौँ, असोज १२ गते । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको