December 26, 2017

विश्वको कुनै पनि शक्तिले एमाले – माओवादी एकतामा बन्देज गर्न सक्दैन : माधव नेपाल

काठमाडौँ, पुस ११ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विश्वको कुनै पनि शक्तिले एमाले र माओवादीबीचको एकता नरोकिने दाबी गरेका छन् ।

संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नम्बर २ ले थलीमा आयोजना गरेको कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले कसैको बहकाउ र भ्रममा नपर्न दुवै पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्दै एमाले माओवादी एकता नभाडिने दाबी गरे । ‘कसैले यताका कुरा उता उताका कुरा एता ल्याउदैमा बाम एकता विथोलिँदैन । तपाईहरु ढुक्क हुनुहोस् ।’ उनले भने ।

 

नेता नेपालले प्रतिनिधि सभा समानुपातिकको परिणाम सार्जजनिक गर्न निर्वाचन आयोगले ढिलाइ गरेको भन्दै आपत्ति जनाउँदै तत्काल परिणाम सार्वजनिक गर्न आग्रह गरे । उनले प्रत्यक्ष तर्फको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनु पर्नेमा उल्टै राष्ट्रियसभाको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण