
काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । अघिल्ला दुई खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा भुटानसँग खेल्न लागेको हो ।
नेपाल र भुटानबिचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार २ स् १५ मा सुरु हुनेछ । दुवै टोलि प्रतियोगिताबाट बाहिरीसकेको हुनाले आजको खेल दुवैको लागि प्रतिष्ठाको लडाईमात्र हुनेछ । तर, आज दुवै टोलि पहिलो जितको खोजीमा हुनेछ । च्याम्पियनसिपमा नेपाल र भुटान जितविहिन रहेको छ ।
च्याम्पियनसिपमा दुई खेल गुमाएको नेपाल पुछारमा रहेको छ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ६ – ० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल भारतसँग १० – ० ले पराजित भएको थियो ।
चार टोली सहभागी च्याम्पियनसिपमा भुटान तेस्रो स्थानमा छ । भुटान पहिलो खेलमा भारतसँग ३ – ० र दोस्रो खेलमा पनि बंगलादेशसँग ३ – ० ले नै पराजित भएको थियो । राउण्ड रोविन लिगको आधारमा जारि च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल पुस ९ गते हुनेछ ।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित
२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि
भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको