हैसियतअनुसार  कुरा गर्न  ओलीको चेतावनी मन्त्रीहरुलाई 

 

 

 २०७४ पौष ५ बुधबार 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दबाबमा अध्यादेश जारी गर्न नमिल्ने बताएका छन् । बुधबार काठमाडौंमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी उमेदवारलाई बधाई दिँदै अध्यक्ष ओलीले प्रधानमन्त्रीको दबाबमा राष्ट्रपतिले अध्यादेश जारी गर्न नमिल्ने बताए । उनले भने, “प्रधानमन्त्रीको दबाबमा राष्ट्रपतिले अध्यादेश जारी गर्न मिल्दैन, यो असंवैधानिक छ । अध्यादेश दुरुपयोगका लागि, एउटा दल विशेषको स्वार्थमा दुनियामा कहीँ पनि यस्तो प्रयोग हुँदैन । सम्माननीय राष्ट्रपतिलाई अनावश्यक ढंगले विवादमा तान्ने प्रयास भएका छन् ।”उनले एमाले सरकारमा नहुँदा पनि यतिधेरै सिट जितेको बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले एमालेले विगतमा देश र जनताको लागि धेरै ठुलो त्याग र बलिदान गरेको भन्दै अहिले पनि माओवादीसँग एकता  प्रक्रिया गर्न लागेको जानकारी दिए ।ओलीले पार्टी एकताको प्रयास धेरै पहिलादेखि नै सुरु गरिएको जानकारी गराए ।“केही नेता तथा कार्यकर्तालाई अचम्म लागे पनि पार्टी एकता धेरै पहिलेदेखिकै पहल हो । हामीले बाहिर मिडियामा नभनेका मात्रै हौं । पहिला नै भनेको भए प्रतिपक्षीहरुले हाम्रो एकता हुन नदिन विभिन्न जालझेल गर्न सक्थे ।”

उनले अहिले माओवादीलाई कांग्रेसले माया गर्न खोजेको संकेत गर्दै भने, “केही मान्छेहरु गैँडाका जस्ता जिब्रा लिएर माया गरेको स्वाङ पारिरहेका छन् ।”उनले अब माओवादी कसैको जालझेलमा नफस्ने दाबीसमेत गरे । उनले एकता प्रक्रियामा जाँदा कुनै एउटा पार्टीमा अर्को विलय नहुने बताए । “एउटा अर्कोमा विलय हुने होइन,” उनले भने, “एउटाले अर्कोलाई निलेर पहिलेजस्तो कुनै पनि रहँदैन ।”

सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

कार्यक्रममा ओलीले मंगलबार सञ्चारमन्त्रीले गरेको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए । ओलीले भने, “सरकार छाड्ने बेलामा हिजो सरकारका प्रवक्ताले पत्रकार सम्मेलन गरेर राष्ट्रपतिले यस्तो गर्नुपर्यो, उस्तो गर्नुपर्यो भन्नुभयो । कुस्तीको अखडामा पस्दा कुस्तीबाजले तिघ्रा ठटाउँछ । सरकारका प्रवक्ताको प्रेस मिट पनि तिघ्रा ठटाएरै सुरु भयो । सबै मन्त्रीहरुलाई आफ्नो हैसियत, मर्यादा र ठेगान बुझेर कुरा गर्न आग्रह गर्दछु ।”
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका