December 19, 2017

किन लेखे कृष्णबहादुर महराले ”नोट अफ डिसेन्ट” ?

पुस ४,काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई धक्का लाग्न थालेको छ । एकता भाँडिन्छ कि भन्ने डरले गत आइतबार जवरजस्ती राजधानीको पाँचतारे होटलमा बाम गठबन्धनका प्रमुखहरु एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गरी सन्देश दिन खोजे पनि बिस्तारै त्यसको पर्दाफास हुन थालेको छ ।

पत्रकार सम्मेलनपछि सोमबार बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा असन्तुष्टिले राम्रै ठाउँ पाएको हो ।

सो बैठकमा पार्टी एकताको विषयलाई लिएर माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरालले ‘नोट अफ डिसेन्ट’ जाहेर गरेका हुन् ।

उनले ‘एमालेसँग चुनावी तालमेल मात्र भएको भन्दै पार्टी एकता जटिल रहेको’ बताएको महराको भनाइ उद्द्दृत गर्दै एक नेताले बताए ।

महरा सुरुदेखि नै एकताको विपक्षमा उभिएको चर्चा चल्दै आएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक सोमबार कोटेश्वर पेरिसडाँडास्थित मुख्यालयमा बसेको हेडक्वार्टर बैठकमा महराले एमालेसँगको एकता सम्भव नभएको पनि स्पष्ट पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न