December 18, 2017

 ओलीको नेतृत्वमा पसिना बगाउँछाैं : वाइसीएल अध्यक्ष, दीपशीखा

kp-oli-on-mic

 

३ पुस, काठमाडौं ।  आफूलाई बधाई दिन निवासमा पुगेका माओवादी युवा संगठन वाइसिएलका पदाधिकारीहरुलाई ओलीले द्वन्द्वको बेला माओवादीका धेरै नेता कार्यकर्ताको ज्यान आफूले बचाइदिएको दाबी गर्दै  माओवादी जनयुद्धप्रतिको आफ्नो बिगतको टिप्पणी सिद्धान्तमा आधारित रहेको समेत प्रष्ट पारेका छन् । झापा विद्रोहका बेला आफूहरुले पनि हिंसात्मक आन्दोलन थालेपनि मारकाटबाट राजनीति बदलिँदैन भनेर त्यसैबेला त्यस्तो बिचार त्यागेको ओलीले बताए । ओलीले आफ्नो बानी ‘शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने’ प्रकारको भएको वाइसिएल नेताहरुलाई सुनाए ।ओलीले भने, ‘कहिले सेनापतिलाई आग्रह गरेर, कहिले आइजीलाई, कहिले गृहमन्त्रीलाई आग्रह गरेर थुप्रै माअ‍ोवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु । बिचार र बाटो सही वा गलत केहो भन्ने बहस गरौंला तर मान्छेको ज्यानै मार्नु हुन्न भन्ने मेरो मान्यता त्यो बेला पनि थियो ।’

वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा नेतृत्वको टोलीलाई पार्टी एकताप्रति आफ्नो प्रतिबद्धता र नियतमा शंका नगर्न भन्दै ओलीले पार्टी एक बनाउन प्रचण्ड र आफू उत्तिकै गम्भिर रहेको बताए ।वाइसिएलका नेताहरुले ओलीलाई छिटोभन्दा छिटो पार्टी एकता गर्न आग्रह गरेका थिए । ओलीले पार्टी एकता हुँदा कोही नेतालाई म समितिमा पर्दिन कि भन्ने चिन्ता होला भन्दै त्यस्तो चिन्ता नगरी देश बन्छ कि बन्दैन भन्नेमा चिन्तित हुन आग्रह गरे ।

वाइसिएल नेताहरुले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना पनि दिएका थिए । उनीहरुले देशको विकास र समृद्धिका लागि आफूहरु जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।वाइसिएलका उपाधक्ष्य वीरु तामाङले भने, ‘प्रचण्डको नेतृत्वमा हामीले रगत बगायौं तपाईंको नेतृत्वमा पसिना बगाउन तयार छौं ।’

२०७४ पुष ३ गते १५:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट