समानुपातिकमा ३१ लाख मत गणना हुँदा ४ दलमात्रै थ्रेसहोल्ड ‘क्रस’ 

 

  २०७४ मङ्सिर २६ मंगलबार १२:३४:००

काठमाडौं ।  प्रतिनिधि सभा समानुपातिक मतमा ३१ लाख १० हजार १९४ मत गणना हुँदासम्म प्रमुख ४ दलले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड क्रस गरेका छन् । पछिल्लो तथ्यांकअनुसार एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै थ्रेसहोल्ड क्रस गरेका हुन् ।  राप्रपा, विवेकशील, नयाँ शक्ति लगायतका पार्टीले ३ प्रतिशत पुर्याउन सक्ने सम्भावना बाँकी नै छ । एमालेले ११ लाख ४६ हजार ६८३ मत ल्याएको छ भने कांग्रेसले १० लाख ६५ हजार ४७६ मत ल्याएको छ ।  माओवादी केन्द्रले ४ लाख हजार ६३ हजार ९५ मत ल्याएको छ । त्यसैगरी चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ८२  हजार ४०९, पाँचौं स्थानमा रहेको विवेकशील साझा पार्टीले ६५ हजार ८२९ मत ल्याएको छ । 

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ६० हजार ८० मत ल्याएको छ। त्यस्तै नयाँ शक्तिले ३५ हजार ६४९, ६ हजार ५७८ राष्ट्रिय जनमोर्चाले २६ हजार ६३९ मत ल्याएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) २३ हजार ८०४ मत प्राप्त गरेको छ ।  त्यस्तै अन्य दलले ८७ हजार १७७ मत ल्याएका छन् ।

कसरी चुनिन्छन् समानुपातिक सांसद ?

समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड नकटाउने दलले सिट पाउने छैनन् । ती दलले प्राप्त गरेको मतबाहेक थ्रेसहोल्ड कटाउने दलबीच मतका आधारमा समानुपातिकको सिट बाँडफाँट हुन्छ । त्यसरी बाँकी रहेको मतलाई नै शतप्रतिशत मानी निर्धारित सिट सङ्ख्याका आधारमा दललाई सिट बाँडफाँट हुन्छ ।

सिट बाँडफाँट गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत कुल मतमा गणना हुँदैन ।   थ्रेसहोल्ड नकटाउने दलले पाएको मत काम नलाग्ने भएपछि बाँकी मत शतप्रतिशत मान्दा सिट पाउने अन्य दललाई केही फाइदा हुने देखिन्छ।  यसले सिट पाउन चाहिने न्यूनतम मत सङ्ख्यालाई कम गर्नेछ ।

दुई चरणका निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ मतदाता रहेकोमा १ करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको थियो ।  खसेको मतमा बदर मत पनि रहेको हुन्छ । यसमा सदर मतलाई आधार मानेर थ्रेसहोल्ड कटाउने दल र सदर मत छुट्याइन्छ ।

यो निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर हुने अनुमान गरिएको छ । जसअनुसार करिब १ करोड मत सदर हुँदा थ्रेसहोल्ड कटाएको दलले कम्तीमा ४ जना सांसद पाउन सक्छ ।
तर, प्रदेशसभाको हकमा भने तोकिएको एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाए पनि सिट पाउने ग्यारेन्टी भने हुन्न ।  किनभने मत विभाजक सूत्रअनुसार प्रदेशका लागि तोकिएको सिट बाँड्दा थ्रेसहोल्डका लागि तोकिएको मत प्रतिशतभन्दा सिटका लागि आवश्यक मत बढी हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त