२५ मंसिर,काठमाडौं, नयाँ सरकार गठनको लागि जनताले म्याण्डेट दिइसकेको अवस्थामा कामचलाउ सरकारद्वारा चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । पौडेल गोपाीकृष्ण भूमिजकी सन्चालक हुन् । उनका पिता उद्धब पौडेल राप्रपाका नेता समेत हुन् ।
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पनि कामिनी राजभण्डारीलाई हटाएर अनिल झालाई नियुक्ति गर्न प्रस्ताव लगेका थिए । तर सो प्रस्ताव भने सोमवारको बैठकमा निर्णय भएको छैन ।त्यस्तै गोरखापत्र संस्थानको महाप्रबन्धकमा कांग्रेस कार्यकर्ता बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरिएको छ । उपाध्याय गोरखापत्र संस्थानकै कर्मचारी पनि हुन् ।
स्रोतका अनुसार आर्थिक चलखेलमा बिकास बोर्डको अध्यक्ष नियुक्त गरिएको छ, आउने सरकारले बदर गर्ने एमाले नेता सुवास नेम्वाङले बताए ।