कास्कीका तीनै क्षेत्रमा एमालेको फराकिलो अग्रता

  २०७४ मङ्सिर २३ शनिबार १०:३३:००

काठमाडौं। तीन प्रतिनिधिसभा क्षेत्र रहेको कास्कीमा बाम गठबन्धनका एमाले उमेदवारले तीनै क्षेत्रमा फराकिलो अग्रता लिएका छन् ।

कास्की क्षेत्र नं १ मा पूर्व स्वास्थ्य मन्त्री तथा एमाले उमेदवार खगराज अधिकारीले १४ हजार ८८ मत ल्याउँदै अग्रता लिइरहेका छन् । उनका निकटम प्रतिस्पर्धी कांग्रेस उमेदवार तथा कानुनमन्त्री यज्ञबहादुर थापाले ९ हजार २३५ मत ल्याएका छन् । अधिकारी र मन्त्री थापाको अन्तर ४ हजार ८५३ रहेको छ ।

त्यसैगरी कास्की क्षेत्र नं २ मा एमाले युवा नेता रविन्द्र अधिकारीले १५ हजार ६४३ मतसहित फराकिलो अग्रता लिएका छन् । उनका निकट प्रतिस्पर्धी देवराज चालिसेले १० हजार ७७७ मत ल्याउँदै पछ्याइरहेका छन् । 

यता क्षेत्र नं ३ मा पनि एमालेकै जगन विश्वकर्माले १२ हजार ९६२ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसका शुक्रराज शर्माले १० हजार ३९६ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका