
काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधी सभातर्फ नेकपा एमालेका मेटमणी चौधरीले सुरुआती अग्रतालाई कायमै राखेका छन् । शनिबार बिहान ६ वजेको मत परिणाम अनुसार चौधरीले तीन हजार १७२ मतका साथ अग्रता लिइरहेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशीला चौधरी दुई हजार २५६ मत ल्याएका छन् ।
प्रदेशसभा १ ‘क’ मा दुई ९५० मत ल्याएका नेकपा माओवादी केन्द्रका उमेदवार ईन्द्रजीत थारूलाई कांग्रेसका प्रदिप थापा एक हजार ७३७ मतले पछ्याइ रहेका छन् ।
त्यस्तै प्रदेशसभा १ ‘ख’ मा एमालेका रेवतीरमण शर्माले तीन ९६९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका जानकीलाल बस्नेतले दुई हजार ४४८ मत प्राप्त गरेका छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधी सभातर्फ माओवादी केन्द्रका कृष्णबहादुर महरा १२ हजार ६७२ मतका साथ अगाडि छन् । उनलाई काग्रेसका राजु खनालले आठ हजार ४३४ मतका साथ पछ्याइ रहेका छन् ।
प्रदेशसभा २ ‘क’ मा एमालेका शंकर पोख्रेलले १४ हजार ३४६ ले अग्रता लिँदा काग्रेसका कमलकिशोर घिमिरेले सात ८१२ मत ल्याएका छन् । प्रदेशसभा २ ‘ख’ तर्फ १३ हजार ६७६ ले अगाडि रहेका एमालेका अमर डाँगीका प्रतिद्वन्द्वी कांग्रेसका भरतबहादुर न्यौपानेले आठ हजार १२४ मत प्राप्त गरेका छन् ।
यस्तै दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ एमालेका हिराचन्द्र केसीले आठ हजार ९६० मतका साथ अग्रता लिएका छन् । उनलाई कांग्रेसका दिपक गिरीले छ हजार ७७६ ले पछ्याइ रहेका छन् ।
प्रदेशसभा ३ ‘क’ मा अगाडि देखिएका कांग्रेस उमेदवार डिल्लीबहादुर चौधरीले चार हजार ८५१ मत प्राप्त गर्दा माओवादीका जगप्रसाद शर्माले चार हजार ४३१ मत ल्याएका छन् । प्रदेशसभा ३ ‘ख’ मा एमालेका उत्तरकुमार वली सात हजार ७२८ मतले अगाडि छन् । उनका प्रतिष्पर्धी काग्रेसका बुद्धिराम भण्डारीले पाँच हजार ३०४ मत ल्याएका छन् ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र