
काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधी सभातर्फ नेकपा एमालेका मेटमणी चौधरीले सुरुआती अग्रतालाई कायमै राखेका छन् । शनिबार बिहान ६ वजेको मत परिणाम अनुसार चौधरीले तीन हजार १७२ मतका साथ अग्रता लिइरहेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशीला चौधरी दुई हजार २५६ मत ल्याएका छन् ।
प्रदेशसभा १ ‘क’ मा दुई ९५० मत ल्याएका नेकपा माओवादी केन्द्रका उमेदवार ईन्द्रजीत थारूलाई कांग्रेसका प्रदिप थापा एक हजार ७३७ मतले पछ्याइ रहेका छन् ।
त्यस्तै प्रदेशसभा १ ‘ख’ मा एमालेका रेवतीरमण शर्माले तीन ९६९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका जानकीलाल बस्नेतले दुई हजार ४४८ मत प्राप्त गरेका छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधी सभातर्फ माओवादी केन्द्रका कृष्णबहादुर महरा १२ हजार ६७२ मतका साथ अगाडि छन् । उनलाई काग्रेसका राजु खनालले आठ हजार ४३४ मतका साथ पछ्याइ रहेका छन् ।
प्रदेशसभा २ ‘क’ मा एमालेका शंकर पोख्रेलले १४ हजार ३४६ ले अग्रता लिँदा काग्रेसका कमलकिशोर घिमिरेले सात ८१२ मत ल्याएका छन् । प्रदेशसभा २ ‘ख’ तर्फ १३ हजार ६७६ ले अगाडि रहेका एमालेका अमर डाँगीका प्रतिद्वन्द्वी कांग्रेसका भरतबहादुर न्यौपानेले आठ हजार १२४ मत प्राप्त गरेका छन् ।
यस्तै दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ एमालेका हिराचन्द्र केसीले आठ हजार ९६० मतका साथ अग्रता लिएका छन् । उनलाई कांग्रेसका दिपक गिरीले छ हजार ७७६ ले पछ्याइ रहेका छन् ।
प्रदेशसभा ३ ‘क’ मा अगाडि देखिएका कांग्रेस उमेदवार डिल्लीबहादुर चौधरीले चार हजार ८५१ मत प्राप्त गर्दा माओवादीका जगप्रसाद शर्माले चार हजार ४३१ मत ल्याएका छन् । प्रदेशसभा ३ ‘ख’ मा एमालेका उत्तरकुमार वली सात हजार ७२८ मतले अगाडि छन् । उनका प्रतिष्पर्धी काग्रेसका बुद्धिराम भण्डारीले पाँच हजार ३०४ मत ल्याएका छन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष