१९ मंसिर, प्योङयाङ। दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।

यी दुई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई सैन्य अभ्यास सोलमा सोमबारबाट सुरु भएको छ । यो अभ्यास पाँच दिनसम्म चल्ने पनि बताइएको छ ।
उत्तर कोरियाले सो सैन्य अभ्यासको कडा शब्दमा विरोधगर्दै आफ्ना विरुद्ध लक्षित रहेको उक्त सैन्य अभ्यासको आफूहरुले जवाफ दिने चेतावनी पनि दिएको उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएबाट प्राप्त समाचारमा जनाइएको छ ।
समाचारमा जनाइएअनुसार सैन्य अभ्यास कोरियाली प्रायद्वीप क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको भएपनि यसलाई यी दुई देशले उत्तरका विरुद्धमा उसको आणविक परीक्षणको जवाफ दिएको रुपमा धेरैले हेरेका छन् ।
यस हवाई सैन्य अभ्यासको कडा शब्दमा विरोध गर्दै उत्तर कोरियाले आफ्ना विरुद्धको उत्तेजना फैलाउने र उत्तर कोरियामाथि आक्रमणका लागि बल जाँच्ने भित्री ध्येयका साथ यो सैन्य अभ्यास गरेको बताएको छ ।
यस अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी करिब २३० वटा युद्धक विमानहरुको प्रयोग गरिएको छ । यसलाई स्थलमार्गबाट पनि निगरानी गरिएको छ र जहाँ हजारौँ स्थल सेना पनि रहेका छन् ।
दशौँ हजारको संख्यामा दक्षिण कोरियाली सेना सहभागी भइरहेको सो सैन्य अभ्यासलाई आफ्ना बिरुद्धको शक्ति प्रदर्शनका रुपमा उत्तर कोरियाले लिएको बताइएको छ ।
उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको बेला सोमबारबाट सो सैनिक अभ्यास सुरु भएको हो ।
केही दिनमात्र अघि उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो । उक्त क्षेप्यास्त्रका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले यो अभ्यास सुुरु गरेका बताइएको छ ।
केही रक्षा अधिकारीहरुले दिएको अनौपचारिक जानकारीअनुसार यस हवाई सैन्य अभ्यासमा शक्तिशाली युद्धक विमानहरुको पनि प्रयोग भएको छ । ती विमानहरु दक्षिण कोरियाको आकासमा र उत्तर कोरियाको सीमा क्षेत्रमा पनि उडाइएको जनाइएको छ ।
उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ ।
तर उत्तरले भने यस संयुक्त सैन्य अभ्यासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अभ्यास रोक्न भनेको छ । उत्तरले यसलाई सार्वभौमसत्तामाथिको हमलाको रुपमा लिएको जनाएको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि