निर्वाचन सुरक्षामा चुनौति बढ्न सक्ने खतरा

मंसिर १९,बिराटनगर : आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका शिल गरिएको भए पनि बिराटनगरको रानी नाकाबाट भारतीय नागरिकहरु सहज रुपमा नेपाल प्रवेश गरिरहेका छन् ।

रानीदेखि करिब ३ सय मिटर उत्तर–पश्चिमको भारतीय मार्ग प्रयोग गरेर भारतीय नागरिक आउने क्रम जारी रहेको हो । बिराटनगरको मुख्य नाका क्षेत्र रानीमा सशस्त्र प्रहरी तैनाथ गरेर आवतजावतमा पूर्ण प्रतिबन्ध गरिए सहज रुपमा भारतीय नागरिकले आवतजावत गर्न थालेपछि निर्वाचन सुरक्षा चुनौति बढेको छ ।

नेपाल भारतको सीमा क्षेत्र दरैयाबाट पनि नेपाल प्रवेश गर्नेको घुइँचो लाग्ने गरेको छ । त्यहाँ खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्नेको कुनै अभिलेख नराखी निर्वाध रुपमा नेपाल प्रवेश दिइरहेको भेटिएको छ ।

 

दरैया सीमा क्षेत्रमा तैनाथ एक सशस्त्र प्रहरीका अनुसार भारतबाट आउनेलाई प्रवेश दिएपनि नेपालबाट जानेलाई प्रवेशमा भने रोक लगाइएको छ । यद्यपि, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चाय सीमा पूर्ण रुपमा शिल गरिएको दाबी गर्छन् ।

‘इमेरजेन्सी बाहेको अवस्थामा कसैलाई नेपाल–भारत आवतजावतका लागि अनुमति दिइएको छैन’, उनले अनलाइनखबरसँग भने, ‘आकस्मिक अवस्थामा पनि उनीहरुको अभिलेख राखेर आवतजावतमा सहजीकरण मात्र गरिएको छ ।’

प्रजिअ आर्चायले सीमा क्षेत्रमा कडाइका साथ आवतजावतमा रोक लगाइएको बताइरहँदा दरैया क्षेत्रबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकको अभिलेख समेत राख्ने गरिएको छैन ।

दरैया नाका जोगवनी रेल स्टेशनबाट भित्री मार्ग भएर नेपाल प्रवेश गर्न मिल्ने नाका हो ।

स्थानीय प्रशासनले मंसिर २१ गते साँझ ६ बजेसम्मका लागि नेपाल भारतको सीमा शिल गरेको छ । मोरङ जिल्ला अन्तर्गत भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्र छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी