दमक, रासस । संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ ९२० प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आक्रमणको प्रयास गरेका छन् ।
ढुङ्गा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी समूह भने भागेको जिप चालक कुलबहादुर तामाङले बताए ।
चुनावी प्रचारमा हिँडेको सो जिपलाई दमक–४ स्थित कृष्णमन्दिरमा सोमबार साँझ ढुङ्गा प्रहार गरी क्षति पुर्याएको सो पार्टीका उम्मेदवार प्रतिनिधि खेम दाहालले जानकारी दिए। सो घटनाका बारे दमक प्रहरीलाई खबर गरिएको उम्मेदवार प्रतिनिधि दाहालले बताए ।
यसैबीच, ससफो नेपाल, झापा निर्वाचन क्षेत्र ५ का निर्वाचन परिचालन समितिका संयोजक प्रवीण चाम्लिङले एक विज्ञप्ति जारी गरी ससफो नेपालको विचारबाट अत्तालिएकाले कायरतापूर्ण आक्रमण प्रयास गरेको भन्दै घटनाको निन्दा गरेका छन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष