आइतबार, १७ मङि्सर २०७४

काठमाडौं । उपभोग्य वस्तुमा मासुको खपत उच्च हुन्छ । त्यसमा पनि कुखुराको मासु अन्य मासुको तुलनामा बढी खपत हुन्छ । तर, अधिकांशको भान्छामा पाक्ने यही कुखुराको मासु सोचेजस्तो स्वच्छ भने छैन ।भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन विभागले गरेको प्रयोगशाला नमूना परीक्षणले कुखुराको मासुमा एन्टिवायोटिकको प्रयोग भयावह रहेको देखाएको छ । कार्यालयले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा चितवनमा कुखुराको मासुको नमूना परीक्षण गरेको थियो ।
कार्यालयले गत आर्थिक वर्ष २०७३/७४ मा कुखुराको मासुको एक सय ८० वटा नमूना परीक्षण गर्दा एक सय १५ वटामा एन्टिवायोटिकको अवशेष भेटिएको थियो । एन्टिवायोटिकको अवशेष देखिएको मासुको उपभोग मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
कार्यालयका पशु चिकित्सक शशिधर सेढार्इँका अनुसार कुखुरामा रोग लाग्नबाट रोक्न र महामारीको सम्भावित प्रकोप रोक्ने प्रयोजनका लागि एन्टिवायोटिकको प्रयोग गरिन्छ । यसबाहेक सम्भावित रोग र महामारी रोक्न दानामै पनि एन्टिबायोटिक प्रयोग गर्ने गरेको देखिएको कार्यालय बताउँछ ।
तर, समुचित ढंगले एन्टिवायोटिकको प्रयोग नगर्दा मासु उपभोग गर्ने उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने सेढाईँ बताउँछन् ।
‘मासु उपभोग गरिने कुनै पनि पशु तथा पंक्षीलाई एन्टिवायोटिक लगाउँदा त्यसको स्वास्थ्य अवस्थाको पहिचान गरेर प्रयोग गर्ने तरिका, मात्रा र समयमा ध्यान दिनुपर्छ,’ उनी भन्छन् ।
एन्टिवायोटिक लगाइए पनि त्यसको निश्चित अवधिसम्म सम्बन्धित पशुपंक्षीको मासु उपभोग गर्नु मानव स्वास्थ्यका लागि हानिकारक हुने उनी बताउँछन् । तर, कार्यालयकै प्रयोगशाला परीक्षणले भने बजारमा बेच्न राखिएका मासुमा पनि प्रशस्त मात्रामा एन्टिवायोटिकको अवशेष देखिएको देखाउँछ ।
एन्टिवायोटिक प्रयोग गरिएको मासुको उपभोगले शरीरमा हानिकारक असर पर्ने चिकित्सकहरूको भनाई छ । एन्टिवायोटिक प्रयोग भएको खाद्य वस्तुको उपभोगले क्यान्सर जस्तो घातक रोगको जोखिम समेत निम्तिने विज्ञहरूको मत छ ।
शरीरका हानिकारक जिवाणु समूहविरुद्ध प्रयोग गरिने औषधि समूह एन्टिवायोटिक हो ।एन्टिवायोटिकको प्रयोगमा सर्तकता र न्यूनीकरण गर्न कार्यालयले जैविक सुरक्षा तथा असल सुरक्षा व्यवस्थापन अभ्यास, जिल्लास्तरमा गुणस्तरसम्बन्धि जनचेतना लगायतका कार्यक्रम सञ्चालन गरिरहेको कार्यालयले जनाएको छ ।
खसीबोका, राँगा लगायतका पशुपंक्षीमा पनि यस्तो एन्टिवायोटिक प्रयोग हुन थालेको कार्यालय बताउँछ ।नमूनामा एन्टिवायोटिक देखिएको थियो । उक्त अवधिमा कार्यालयले कुल २ सय १८ वटा दूधका नमूना परीक्षण गरेको थियो ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या