यसकारण विराटनगर भन्सारको राजस्व आधाले घट्यो

biratnagar-_litjSkjiMUकाठमाडौँ, १५ मंसिर ।  भारतीय पक्षले पुल मर्मत गर्न आलटाल गरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरूले रुट परिर्वनत गर्न थालेका छन् । जसका कारण विराटनगर भन्सार कार्यालयको राजस्व संकलन आधा घटेको छ ।

 सीमावर्ती भारतीय बजार जोगबनी बजारपश्चिमा रहेको मिरगन्ज खोलाको पुलको मर्मत नहुँदा पाँच महिनादेखि पुल बन्द छ । गत साउन महिनामा आएको बाढीका कारण भदौ ५ गतेबाट पुलमा मालबाहक सवारी साधन आवतजावतमा भारतीय पक्षले रोक लगाएको थियो ।

नेपाली व्यवसायीहरूको तीव्र दबाबका कारण पुलको सामान्य मर्मत गरी २० टनसम्मका मालबाहक सवारी सधान चल्न दिए पनि त्योभन्दा माथि भार क्षमता भएका साधनलाई रोक लगाएको छ । अहिले पुलबाट पेट्रोलियम पदार्थ बोकेका टयांकलरी र अन्य सानातिना पैठारीका गाडीहरू मात्र आइरहेका छन् ।

नेपालबाट फर्केका खाली ट्रक र कन्टेनर पनि यही बाटोबाट लगिँदै छन् । ६० वर्ष पहिले निर्माण गरिएको पुलको भारवहन क्षमता त्यस बेला पनि २० टन नै थियो । तर, पुलबाट ९० टनसम्मका सवारी साधन चलिरहेका थिए । अहिले आएर ६० वर्षको पहिलाको कुरा निकालेर भारतीय पक्षले दु:ख दिने नियत राखेको नेपाली उद्योगी व्यवसायीहरूको आरोप छ ।

‘एउटा सानो खाले गाडी नै १४ टनको हुन्छ,’ मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भने, ‘२० टन मात्र दिने हो भने ६ टन सामान लिएर आउनुपर्ने हुन्छ ।’ नेपाली उद्योगीहरूले पुल मर्मत भए पनि भारतीय पक्षले दु:ख दिने नियतका साथ २० टनको बखेडा निकालेको आरोप लगाएका छन् ।

‘नियत सफा भएको भए हामीले अन्य विकल्प पनि दिएका थियौं, त्यसलाई मानी दिएको भए यस्तो दु:ख पाउने थिएनौं,’ अध्यक्ष सारडाले भने, ‘मिरगन्ज खोलामा कलवड बनाएर वाइपास सडक हामी नै बनाउन तयार थियौं त्यो कुरा पनि राख्यौं तर स्वीकार्य भएन ।’ नेपाली उद्योगीहरूले मिरगन्ज खोलामा आफैंले हिमपाइप हालेर वाइपास सडक बनाउने प्रस्ताव भारतीय पक्षसँग लिखित रूपमा गरेका थिए ।

हिउँदको समयमा उक्त खोलामा पानीको सतह निकै कम छ । ‘धेरै खर्च पनि आउँदैन हिमपाइप र रोडा हालेर केही दिनमा नै वैकल्पिक  मार्ग बनाउन सकिन्थ्यो,’ सारडाले भने, ‘तर, त्यो पनि न पाएपछि नाका परिर्वतन गर्नुको विकल्प रहेन ।’

दैनिक १० देखि १४ करोडसम्म राजस्व संकलन गर्दै आएको विराटनगर भन्सार कार्यालयमा अहिले मुस्किलले ६ देखि ७ करोड संकलन भइरहेको प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले बताए । ‘यो महिनाको लक्ष्य अढाइ अर्ब थियो । तर, पुलका कारण दस दिनमा ८७ करोड मात्र संकलन भएको छ ।’ पुल मर्मत तथा सञ्चालनका लागि दिल्ली दूतावाससम्म पत्रचार गर्दा पनि पार नलागेको अधिकारीले बताए ।

२० टनभन्दा माथिका सवारी साधन रिरुट गरेर भीमनगर–कोसी ब्यारेज नाकाबाट पैठारी गर्ने कार्य भइरहेको छ । रिरुट गरेर मालसामान ल्याउनु पर्दा प्रशस्त झन्झट भइरहेको र डिटेन्सन चार्ज (विलम्ब शुल्क) लागिरहेको व्यवसायीको गुनासो छ । रिरुटका कारण कोलकाताबाट विराटनगरसम्मको ढुवानी भाडा दोब्बरभन्दा बढी भएको जानकारी दिँदै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कोषाध्यक्ष रमेश राठी डिटेन्सनलगायतका खर्चले १ कन्टेनरमा १ लाख ५० भन्दा बढी खर्च भइरहेको बताए ।

पुल कुर्न बसेका भारतीय सुरक्षा फौजले घूस खाएर २० टनभन्दा बढी भार बोकेका सवारीसाधनलाई पनि पुलबाटै आउन दिने गरेका छन् । ‘उनीहरूसग सेटिङ गर्न सक्यो भने ८० टनको गाडी पनि जान दिन्छन्,’ एक उद्योगीले भने, ‘यसरी कहिलेसम्म चल्ने ।’ यो नाकाबाट १ सय टनसम्म बोकेका गाडी आउने गरेका छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र