चीनको चाइनिज विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो खाले रोबोटको समूह तयार पारेका छन् जो मानिसको जिउभित्र छिरेर रोग पहिचान तथा रोगको उपचार गर्दछ ।
यस रोबोटले चुम्बकीय कणको सहायताले सरीरको भित्र घुसेर केवल रोग पत्ता लगाउने मात्र होइन रोगीको उपचारमा पनि सहयोग गर्दछ, जुन उपचारमा शरीरका कुनै खास कोशिकामा औषधि पूराउनुपर्ने हुन्छ । पानीमा पाइने एक प्रकारको लेउमा उत्पन्न जीवबाट तयार गरिएको उक्त रोबोटको महत्वपूर्ण विशेषता भनेकै यसले शरीरभित्र रोगका कारण हुने रसायनिक परिवर्तन पहिचान गर्दछ र एमआरआइले समेत पहिचान गर्न नसक्ने तन्तुहरु समेत पहिचान गर्न सक्दछ । यस प्रकारले शरीरको जुन ठाउँमा औषधिको आवश्यकता छ सोही स्थान पहिचान गरी उक्त स्थानमा औषधि पूराएर रोगको उपचार गर्न सहयोग गर्दछ ।
नेता रोबोट
डाक्टर रोबोट मात्र होइन, पछिल्लो दिनमा नेता रोबोट पनि आएको छ । यो रोबोट केवल बनिबनाउ नेता मात्र होइन, आफैं चुनाव लड्न पनि सक्षम छ । न्युजिल्याण्डका उद्यमी निक गेरिटसनको सहयोग तथा सल्लाहबाट वैज्ञानिकहरुले विश्वको पहिलो राजनेता रोबोट तयार गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सवाला यस नेता रोबोटले आवास, शिक्षा, आप्रवाशन लगायतका नीतिहरु जस्ता स्थानीय मुद्दाा सोधिएका प्रश्नहरुको जवाफ दिन सक्दछ । उक्त रोबोटलाई आगामी सन् २०२० मा न्युजिल्याण्डमा हुने आम चुनावमा उम्मेदवार बनाउने तयारी समेत गरिएको छ । उक्त डिजिटल नेताको नाम ‘सेम’ राखिएको छ ।
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज
असार २१,काठमाडौँ, । नेपालमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार पारिएको छ ।
काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय
म्याग्दी, जेठ ३१ गते । बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं