अध्यक्ष ओली : कम्युनिस्ट सरकारमा बन्द हड्ताल हुँदैन

काठमाडौं, ४ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकार आएपछि नेपालमा कुनैपनि बन्द हड्ताल नहुने बताएका छन् ।

KP_Sharma_Oli_UML_Presidentसोमबार नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको, ‘अबको संकल्प आर्थिक समृद्धि : राष्ट्रिय आर्थिक बहस’ विषयक अन्तरक्रियामा अध्यक्ष ओलीले कम्युनिष्ट सरकारमा बन्द हडताल भन्ने कुरा नहुने र रोजगारका लागि विदेश गएका ४० लाख युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने दाबी गरे । उनले कम्युनिष्ट सरकारमा आएपछि अर्थतन्त्र तहसनहस नभई झन बलियो हुने बताए ।

वाम गठबन्धनको चुनावी घोषणापत्र आर्थिक समृद्धिका दृष्टिकोणले महत्वकांक्षी भएजस्तो देखिए पनि पूरा गर्न सकिने योजना भएको अध्यक्ष ओलीको भनाइ थियो ।

उनले भने, ‘महत्वाकांक्षी योजना नबनाउने हो भने त सधैँ यथास्थितिमा बसे भैगोनि, विकासका लागि महत्वाकांक्षी योजना जरुरी छ ।’

पश्चिमा देशले गरेको विकासभन्दा नेपालले तीव्ररुपमा विकास गर्न सक्ने र पश्चिमा देशले विकास गर्दा सूचना प्रविधिको विकास नभएको हुँदा जति समय लाग्यो अब नेपालको विकास गर्न त्योभन्दा कम समय लाग्ने अध्यक्ष ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र