मुस्ताङमा नेपाल टेलिकमको थ्रिजी सेवा

मङ्सिर ३,काठमाडौं : नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले करिब ३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ५ मा थ्रिजी बिटिएस राखेको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको छ । 

619774436telecomअब लोमान्थाङ गाउँपालिकाका सबै स्थान र दालोमे गाउँपालिकाका केही स्थानमा समेत थ्रिजी सेवाको कभरेज कायम भएको छ । यसबाट यो क्षेत्रमा रहेका ४ सय ५० भन्दा बढी घरधुरीका साथै लोमान्थाङ, छोसेर र कोरला नाकासम्म घुम्न जाने पर्यटकले समेत थ्रिजी सुविधाको उपभोग गर्न सक्नेछन् । 
अब सो क्षेत्रमा फोन सम्पर्क गर्न मात्र नभई तिब्र गतिमा डाटा चलाउन र भिडियो कल गर्न समेत सहज हुने भएको छ । 

लोमान्थाङ मुस्ताङको सदरमुकाम जोमसोमदेखि करिब १ सय किलोमिटर दुरीमा पर्छ । सो क्षेत्रमा गत २०७३ जेठ १ गतेदेखि जिएसएम अन्तर्गत टुजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको थियो । 

सिडिएमए प्रविधिको सेवा भने यो भन्दा पहिले देखि नै उपलब्ध थियो । पहिले स्याटेलाइट लिंकबाट टुजी र सिडिएमए सेवा उपलब्ध गराइएकोमा अब ती सेवालाई पनि माइक्रोवेभ लिंकमार्फत अपग्रेड गरिएको छ । त्यसकारण टुजी र सिडिएमएको क्षमता र गुणस्तर पनि बढेको छ । 

त्यसैगरी नेपाल टेलिकमले म्याग्दी जिल्लाको ओखरबोटमा पनि गत शुक्रबारदेखि टुजी बिटिएस टावर सञ्चालनमा ल्याएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ३, डाँडागाउँ किटेनीमा सो टावर स्थापना गरिएको हो । म्याग्दीको सदरमुकाम बेनीदेखि करिब ४६ किलोमिटर टाढा रहेको सो स्थानमा पहिले सिडिएमए सेवा मात्र उपलब्ध थियो । सो टावरमार्फत अब मालिका गाउँपालिकाका वडा नम्बर २ अन्तर्गत रुमा, जेमा, बिलवाङ र खवाङ; वडा नम्बर ३ अन्तर्गत झागाउँ, अउला र पातले तथा वडा नम्बर ४ अन्तर्गत ओखरबोटका सबै क्षेत्र गरी ७ सय भन्दा बढी घरधुरी लाभान्वित हुने छन् । अधिकांश प्रयोगकर्तासँग जिएसएम मोबाइल सेट हुने भएकाले पनि यो सेवाको माग उच्च रहेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता