चिन । करीब २ हजार वर्ष लगाएर बनाइएको(ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्रचीन कालदेखि नै मेहनती थिए । पछिल्लो समय विकास निर्माणमा असम्भव झैं लाग्ने संरचनाहरु बनाएर संसारलाई चकित बनाइ रहेको छ । यस्तै चिनियाँको मेहनतले बनेको एक प्राचीन मन्दिर पनि संसारलाई चकित बनाउने खालको छ ।
एउटा पाइला खाख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । चीनको सान्सी प्रान्तमा रहेको यो मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ । यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ ।
थुप्रै प्राकृतिक बाधा, अवरोध झेलेर पनि आजसम्म जस्ताको तस्तै खडा रहेको देखेर यहाँ पुग्ने जो कोही आश्चर्यमा पर्ने गर्छन् । विषेश प्रकारको बलियो र लचिलो काठबाट बनाइएकाले यो यति बलियो रहेको जानकारहरु बताउँछन । हालसम्म यसले कयौं शक्तिशाली भूकम्प झेलिसेको छ । विश्व भरिबाट यो मन्दिर हेर्नकै लागि पर्यटकहरु यहाँ आउने गर्छन ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन