November 11, 2017

 निर्वाचन भाँड्ने षडयन्त्रमा सरकार : प्रचण्ड

th (2)

२५, कात्तिक, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकार निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।माओवादी उम्मेदवारहरुलाई लक्षित गरी भएका श्रृखलावद्ध आक्रमणमा सरकार जिम्मेवार रहेको उनको दाबी छ ।हतियारसहित पक्राउ परेका व्यक्तिहरुलाई रिहा गर्न कांग्रेसका जिम्मेवार नेताहरुले नै वक्तब्य निकाल्नुले ‘दालमा कुछ काला है’ भन्ने प्रस्ट भएको बताए ।रोल्पा रुकुम जस्ता क्षेत्रमा माओवादी उम्मेदवारमाथि आक्रमण गर्न सरकारले नै निर्वाचन विरोधी शक्तिको प्रयोग हुन सक्ने प्रचण्डको आशंका छ । प्रचण्डले भने, ‘सबै सचेत नागरिकले यसमा खबरदारी गर्न आवश्यक छ ।’

उनले कांग्रेस नाम मात्रको लोकतन्त्रवादी भएको समेत बताए । उनले अघि भने, ‘खासमा लोकतन्त्रवादी हामी हौं, कांग्रेसले शब्दको गलत प्रयोग गरेको छ ।’विचार मिल्ने कम्युष्निट शक्तिहरुवीच एकता र गठवन्धन हुनु सामान्य र सहज भएको भन्दै यसलाई हाउगुजी बनाउनुको साटो कांग्रेसले पनि आफ्नो सुर गरे हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका