मन्त्री जर्नादन शर्माको गाडीमा ‘रेडबुल बम’ प्रहार

 कार्तिक २४,काठमाडौं : पूर्व गृहमन्त्री तथा विना विभागीय मन्त्री जनार्दन शर्मा सवार गाडीमाथी रेडबुलको बट्टामा विष्फोटक पदार्थ भरेर विष्फोट गराइएको छ । निर्वाचनको प्रचारमा रहेका बेला उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका ८ मा उक्त विष्फोटक पदार्थ विष्फोट गराइएको प्रहरीले पुष्टी गरेको छ । 

janardan-sharmaनेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी मनोज न्यौपानेका अनुसार चौरजहारी उपत्यकाको चुनावी सभा र घेरदैलो सकेर सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ आउँदै गरेको बेला प्रचार टोली माथी सडक माथिबाट रेडबुलको बट्टा प्रहार भएको थियो । 

शुक्रबार विहान करिव ९ बजे तिर मन्त्री शर्माको गाडीमा रेडबुलको बोतलमा विष्फोटक पदार्थ बिष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डीएसपी राजेन्द्र धमलाले जानकारी दिए । गाडीलाई लक्षित गरेर बम प्रहार गरे पनि मन्त्री शर्मासहित उनका कार्यकर्ता भने सकुशल रहेका प्रहरीले जनाएको छ । 

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए