२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग कुरा गर्न डराएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् ।देउवाले भारतसँग कुरा गर्न डराएकै कारण सीमा नाकामा हजारौं ट्रक र ट्यांकरहरु रोकिएको ओलीले बताए । कांग्रेस सभापति समेत रहेका देउवाको यसबारे भारतीय राजदूतसँग कुरा गर्ने हिम्मत नभएको तर मधेसमा गएर भारतीयलाई नागरिकता दिन संविधान संशोधन गर्छु भन्दै भाषण गरेको ओलीको आरोप छ ।
बिहीबार काठमाडौंको क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार राजन भट्टराईको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दैनिक हजारौं ट्यांकर र ट्रकहरु बोर्डपारि रोकिँदा प्रधानमन्त्रीले भारतसँग कुरा गर्न नसकेको बताए । ट्रक र ट्यांकर त्यहाँ रोकिदा दैनिक लाखौं रुपैयाँ नेपाली व्यवसायीले घाटा व्यहोर्नुपरेको उनले सुनाए ।
एमाले अध्यक्ष ओलीले भने, ‘मधेसतिर भाषण गर्दै हिँडेको सुनेँ, कांग्रेसलाई जिताए संविधान संशोधन गर्ने रे ! संविधान संशोधन किन गर्ने ? उताबाट आउनेलाई नागरिकता दिएर तुरुन्त राष्ट्रपति बनाउनका लागि ? नेपालमा कोही जन्मिएका छैनन् राष्ट्रपति र मुख्यमन्त्री बन्न ? कसलाई रिझाउन बोलेको ?’
मधेसका जनताको लागि संविधान संशोधनको जिम्मा एमालेले लिने भन्दै ओलीले पारिपट्टीको लागि संविधान संशोधनको जिम्मा देउवाले लिएको हुन सक्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले बोर्डवारी भाषण गर्नुभयो तर पारिपट्टीको महिनौंको लाइन छ ।’
देउवाले भारतसँग कुरा गर्न नसकेकै कारण सीमा नाकामा समस्या देखिएको ओलीको आरोप छ । ‘भारतसँग एक शब्द बोल्नुपर्यो भने ४ पटक चश्मा मिलाउनुपर्छ, ५ पटक दौरा तान्नुपर्छ,’ ओलीले भने, ‘उहाँ भन्न सक्नुहुन्न, भन्ने मात्रै हो भने त्यो लाइन खुल्थ्यो तर, राजदूतसँग पनि भन्ने हिम्मत पनि छैन, कठैबरि !’
देशलाई कष्ट भएको भन्दै ओलीले मंसिर २१ (दोस्रो चरणको चुनाव हुने दिन) कहिले आउला जस्तो भइसकेको बताए ।
देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले एमालेको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाएकोमा आपत्ति जनाए । जसले पटक-पटक लोकतन्त्र दरबारमा बुझायो, उसैले लोकतन्त्रको पाठ सिकाउन नसुहाउने उनको टिप्पणी छ ।
‘देउवाजीले राणा सिध्यायौं, पञ्चायत सिध्यायौं अब सिध्याउने पालो प्रतिपक्षलाई हो भन्नुभएछ,’ उनले भने, ‘राणा सिध्याउने बेला उहाँको अस्तित्व नै थिएन, पञ्चायत सिध्याउने बेला हामी दुःख कष्ट सहदै लड्दा उहाँ लण्डनका गल्लीमा घुम्दै हुनुहुन्थ्यो, अहिले प्रतिपक्ष सिध्याउँछु भन्दै हिँड्नुभएको छ, मंसिर २१ पछि उहाँको प्रतिपक्ष सत्तामा हुन्छ र उहाँ प्रतिपक्षमै बस्ने हो ।’
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल