दसैंलगत्तै एमाले र एमाओवादीबीचको वाम गठबन्धन निर्माणसँगै अन्य साना वाम दललाई पनि समेट्ने क्रममा केपी ओली र प्रचण्डले मसालका अर्धभूमिगत नेता मोहनविक्रम सिंहलाई निःसर्त प्युठान छाड्न सकिने बताएका थिए ।
अझ रोचक त के भने कांग्रेसले समेत प्युठानमा सिंह उठेको खण्डमा आफ्नो तर्फबाट उम्मेदवारी नदिने बचन दिएको थियो । काठमाडौंको ढुंगेधारामा आफूभन्दा झण्डै ४० वर्ष कान्छी श्रीमती दुर्गा पौडेलको हेरचाहमा बुढ्यौली जीवन बिताइरहेका सिंहले चुनाव लड्न विभिन्न नेताले गरेको प्रस्ताव स्वीकार गरेनन् । बरु, श्रीमतीलाई सहयोग गर्न भन्दै निरन्तर आग्रह राखिरहे । एमालेका वामदेव गौतम, सूर्य थापा हुन् वा प्रचण्डले पठाएका कृष्णध्वज खड्कादेखि रेखा शर्मासम्मलाई सिंहले दुर्गालाई सहयोग गर्नुपर्छ भनिरहे ।
सिंह उम्मेदवार नबन्दा एमाले कार्यदलमा उक्त क्षेत्र एमाओवादीका निम्ति छाड्ने टुंगो लागिसकेको थियो । वामदेवले उक्त क्षेत्र ‘बरू कृष्णध्वजले उठ्ने रहर गरेका छन् एमाओवादीलाई दिऊँ’ भनेर आफैं प्रस्ताव गरेको बताइन्छ ।
वाम गठबन्धन निर्माणनिम्ति ओली र प्रचण्डले पटक–पटक सिंहलाई आग्रह गरे पनि उनले आफ्नै श्रीमतीबाहेक अरू कुनै विकल्प दिन तयार भएनन् । त्यसपछि ओलीकै आग्रहमा लक्ष्मीपूजाको दिन बाग्लुङका एमाले कार्यकर्तामार्फत जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलाई बालकोट पु¥याइएको थियो । पार्टी कार्यकर्ताको सिफारिसको चाङ र गठबन्धन निर्माणको चटारोबीच बाग्लुङका स्थानीय केही कार्यकर्तासहित ओलीले केसीलाई सम्झाउने कोसिस गरेका हुन् ।
ओलीले सुरुमै ‘मैले तपार्इंलाई उपप्रधानमन्त्री बनाएँ, भविष्यमा पनि तपाईंबारे सोचेको छु, अब बागलुङ, प्युठान र अर्घाखाँचीमा यथोचित सहभागिता रहने गरी गठबन्धन बनाऊँ’ भनेका थिए । त्यससँगै ओलीले समानुपातिक र प्रत्यक्षतर्फ सूर्य चिह्न लिएर चुनावमा जान प्रस्ताव गरे । तर, केसीले प्रस्ताव अस्वीकार गर्दै, ‘हाम्रो राजनीतिक सिद्धान्तले त्यस्तो कुरा मान्दैन’ भन्ने जवाफ फर्काए । यस्तो कुरा सुनेपछि ओलीले अलि कडा ढंगले नै जवाफ दिए, ‘ल ठीक छ चित्रबहादुरजी, तपाईं त्यही सिद्धान्त समातेर सकिनुस् ।’
त्यसबीचमा ओलीले कुरा नमिल्ने छाँट देखेपछि ‘ठीक छ, अब कुरा मिल्दैन भने जानुस्, अहिले धेरै व्यस्त छु’ भनिदिए । केही कस्न सकिन्छ कि भनेर शुरूमै सिद्धान्तको कुरा गरेका चित्रबहादुर निन्याउरो मुख लगाएर बालकोटबाट बाहिरिए । बरु त्यसबेला नै टिकट माग्न बाग्लुङदेखि आएका एमालेका एक कार्यकर्ताले ‘के भो दाइ कुराकानी ?’ भनी सोध्दा ‘तिमीहरूको नेता नै कति छुच्चो छ, के कुरा हुनु नि’ भनी रन्किएर जवाफ फर्काएको बताइन्छ ।
जनमोर्चासँग कुरा नमिल्ने छाँट देखिएपछि एकदिन ओली–प्रचण्ड सम्मिलित बैठकमा सिंहलाई नै बोलाएर छलफल गरिएको थियो । त्यहाँ पनि ओलीले उही कुरा दोहो¥याए । बरु समानुपातिकका लागि जनमोर्चाले न्यूनतम भोट प्राप्त गर्न नसक्नेतर्फ सचेत गराउँदै ‘कमरेड, तपार्इंहरूसमक्ष हामी हात थाप्न खोज्दै छौं । तर, तपार्इं त भुइँमा झार्न खोज्दै हुनुहुन्छ यो के हो ?’ भन्दै समानुपातिकतर्फ सूर्यमा मतदान गर्न आग्रह गरेका थिए । तर, सिंहको जवाफ पनि उस्तै आयो, ‘यो त सिद्धान्तको सवाल हो ।’ केही उपाय नलागेपछि प्युठानमा सिंहपत्नी दुर्गालाई प्रतिनिधिसभा र बाग्लुङका दुई प्रदेश जनमोर्चालाई दिने गरी नेताहरू सहमतिमा पुगेका छन् ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा