यी ५ कांग्रेसका नेता लगातार छैठौंपटक सांसद बन्ने तयारीमा

election-congress_LvsMYpJb9q

काठमाडौं, १८ कात्तिक । मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएकामा २०४८ सालदेखि २०७४ सम्म लगातार सांसद/सभासद हुने मौका पाएका नेता पनि छन्। ६ नेताले २०४८ सालदेखि गत असोज २८ गतेसम्म करिब २६ वर्षसम्म लगातार सांसद/सभासद हुने मौका पाएका छन्।

यी नेतामध्ये नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले यसपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएनन्। बाँकी पाँच नेताले छैठौौंपटकका लागि उम्मेदवारी दिएका छन्।

बिजुक्छेंले नयाँ पु्स्तालाई अवसर दिन आफूले यसपटक उम्मेदवारी नदिएको बताए। उनको नाम समानुपातिक उम्मेदवारको सूचीमा पनि छैन।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा २०४८ सालदेखि डडेल्धुराबाट सांसद/सभासद निर्वाचित हुँदै आएका छन्। अहिले पनि उनी सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि तनहुँबाट निरन्तर सांसद/सभासद विजयी हुँदै आएका छन्। २०४८, २०५१, २०५६, २०६४ र २०७० सालको संसदीय र संविधानसभा सदस्य चुनावमा उनी विजयी भएका थिए।

अहिले पनि उनी तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार छन्। कांग्रेसका अर्का नेता विजयकुमार गच्छदार पनि २०४८ सालदेखि सुनसरीबाट निर्वाचित हुँदै आएका छन्। कांग्रेसका नेता पूर्णबहादुर खड्का र रामजनम चौधरीले पनि २०४८ सालयता निरन्तर संसद र संविधानसभामा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए