भट्टराईले वाम गठवन्धन छाडेर कांग्रेससँग मिल्नु दुःखद : प्रचण्ड

Basu-Pokharel-Maoist-ma१२ कात्तिक, काठमाडौं ,   नयाँ शक्तिका नेता बासु पोखरेललाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले डा. भट्टराईले माओवादी छाड्नु र वाम गठवन्धन छाडेर कांग्रेससँग मिल्नु दुःखद भएको बताए । उनले भने, ‘उहाँको कामले उहाँलाई त संकटमा पारेको छ नै, नयाँ शक्ति पनि केहो-केहो भन्ने भएको छ ।’

नयाँ शक्तिको हविगत सबैले देखिसकेको भन्दै प्रचण्डले भट्टराईसहित सबै नेता कार्यकर्ताहरु वाम गठवन्धनमा ध्रुवीकृत हुनुको विकल्प नभएको बताए । सोहि प्रसङ्गमा प्रचण्डले अब केहि समयमै नयााँ शक्तिमा सानो झुण्ड बाहेकका साथिहरु बामपन्थि धु्रविकरणमा समावेश भईसक्ने र त्यसको राष्ट्रव्र्यापी तयारी भईरहेको बताए ।कार्यक्रममा माओवादी नेता एवम् गोर्खा क्षेत्रनम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले जितेर मात्र देशको स्थीरता र समृद्धि सम्भव हुने बताए ।

माओवादी केन्द्रमा प्रवेश गरेका गोरखा सिरानचोकका बासु पोखरेल नयाँ शक्तिको केन्द्रीय परिषद सदस्य हुन् । उनलाई नयाँशक्तिले काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा उम्मेदवारको रुपमा अघि सारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र