October 28, 2017

भोलीदेखि स्मार्ट टेलिकमको फोर जी सेवा सुरू

११ कात्तिक, काठमाडौं : स्मार्ट टेलिकमले भोली कात्तिक १२ गतेदेखि फोरजी मोबाइल सेवा संचालन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा काठमाडौं उपत्यका र पोखरा क्षेत्रबाट फोरजी मोबाइल फोन सेवा शुरु गर्न लागेको आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

thकम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले पहिलो चरणमा काठमाडौं उपत्यका र पोखराबाट सेवा शुरु गर्न लागेको जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्रै कम्पनीले १ सय ५० वटा बिटिएस टावरबाट सेवा संचालन गर्नेछ भने थप ८० वटा टावर राख्ने काम भईरहेको छ ।

त्यसैगरी, अन्य स्थानहरुमा पनि फोरजी मोबाइल सेवा संचालन गर्ने तयारीमा रहेको उनले जानकारी दिए । कम्पनीले हाल सेवा संचालनका लागि काठमाडौं उपत्यकासहित मुलुकभर करिब साढे ३ सय बिटिएस टावर स्थापना गरिसकेको छ ।

सन् २००८ मा स्थापना भएको कम्पनीले सन् २०१० देखि जिएसएम मोबाइल सेवा संचालन गरिरहेको छ । कम्पनीले ३४ जिल्लाहरुमा सेवा प्रदान गरिरहेको जानकारी दिएको छ । यसअघि नै नेपाल टेलिकम र एनसेलले फोरजी सेवा संचालन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता