नयाँ शक्ति पार्टी, “बाम धु्रविकरण पक्षधरले तोक्यो राष्ट्रिय भेला

naya-shakti-nepal-990x556
कार्तिक ९, काठमाण्डौं, गत असोज १७ गते बाम ध्रुविकरणमा जाने तिन दलिय सहमति गरेको मसि सुक्न नपाउँदै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्राईले एकल आवेगात्मक निर्णय गरेर नेपाली कांगे्रससँग चुनावी तालमेल गरेको आरोप लगाउँदै नयाँ शक्ति पार्टी बाम पक्षधरताहरुले नयाँ शक्ति पार्टी, नेपाल “बाम धु्रविकरण एकिकरण समन्वय संयोजन समिति”को नामबाट हिजो रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि देशैभरीका बाम धु्रविकरणका पक्षमा रहने नयाँ शक्तिका नेता तथा कार्यकर्ताहरुलाई गोलबद्ध गर्ने र बाम धु्रविकरणलाई सार्थकता दिने कुरा संयोजक ठाकुर प्रसाद चापागाँई र सहसंयोजक डा.भरत लामिछानेले पत्रकार सम्मेलनमा जाकारी गराएका थिए ।

सोहि समन्वय समितिको केन्द्रिय कार्यलयको बैठक संयोजक ठाकुर प्रसाद चापागाँईको अध्यक्षतामा आज बसी कार्तिक ११ गते राष्ट्रिय भेला तोकेको र २५ सदस्यीय सचिवालयको साथै ९९ जनाको केन्द्रिय समितिको गठन गरेको कुरा प्रबक्ता तारा निधी पन्त (रमेश)ले पिपुल नेपाललाई जानकारी दिए । उक्त वैठकवाट सातै प्रदेशको इन्चार्ज र आंगिक सगठनका प्रमुखहरुको जिम्मेवारी तोकेको छ, जसअनुसार प्रदेश नं १ को इन्चार्जमा क. शुलिल पोखरेल, प्रदेश नं २ को इन्चार्जमा क. तेज प्रसाद अधिकारी, प्रदेश नं ३ को इन्चार्जमा तारा नीधि पन्त, प्रदेश नं ४ को इन्चार्जमा क. मदन बहादुर के.सी, प्रदेश नं ५ को इन्चार्जमा क. सुरज सोनाम, प्रद्रेश नं ६ को इन्चार्जमा क. हरदेब बक्स चौधरी र प्रदेश नं ७ को इन्चार्जमा क. कृष्ण प्रसाद बडुलाई तोकेको छ ।

यसैगरि आँगिक संगठन प्रमुखहरुमाः बुद्धिजीवि र नेवाको प्रमुखमा क. सानु सुवाल, किसान संगठन प्रमुखकम क. टी.पी. उप्रेती, मजदुर र दलित प्रमुखमा क.लक्ष्मण बर्देवा, यूवा र विद्यार्थी विभाग प्रमुखमा क. राष्ट्र शम्शेर थापा, महिला र उधोग व्यवसाथी विभाग प्रमुखमा क. सिता श्रेष्ठ, आदीवासी जनजाति विभाग प्रमुखमा मान बहादुर लोप्चन, कार्यलय व्यवस्थापन सहयोगी क. इश्वर ढकाल, अन्तरान्ष्ट्रिय विभागहरुमाः भारतको प्रमुखमा क. दिपक वि.क., कोरीया प्रमुखमा मुकुन्द गौतम, हङकङ प्रमुमा प्रेम मोक्तान, अष्ट्रलिया प्रमुखमा क.दिनेश पन्त, जापान प्रमुखमा क. राम पुडासैनी लाई तोकेको कुरा प्रवक्त पन्तले जानकारी गराए ।
यसै सम्बन्धमा डां बाबुराम पक्षधर एकजना केन्द्रिय कार्यकारी सदस्यलाई तपाईहरु किन १७ गतेको बाम एकताको निर्णयबाट पछि हटेको भनि प्रश्न गर्दा नाम उल्लेख नगर्ने सर्तमा उहाले डा. बाबुरामले कांग्रेससंगको एलाइन्समा जानु गम्भिर गल्ति तथा आवेगात्मक निर्णय गरेका तर नैतिकताको आधारमा मंसिर १० गतेसम्म उहाँलाई साथ दिने र त्यसपछि आपूm लगाएत धेरै साथिहरु बाम धु्रविकरण र बाम एकतामै लाग्ने बताए र अहिले क. ठाकुर चापागाँइहरुले गरेको कदम ठीकै हो भनि आप्mनो नैतिक समर्थन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद