दिमागको शल्यक्रिया गर्दा किन दुख्दैन ? दिमागबारे केही रोचक तथ्य

150723140337-colorful-happy-brain-super-169

एजेन्सी । वैज्ञानिकका अनुसार जीवनभरिमा हामीले दिमागको १० प्रतिशत मात्र उपयोग गरेका हुन्छौं। १०० प्रतिशत उपयोग गर्न सकियो भने हाम्रो जीवन कस्तो हुन्थ्यो भन्ने हामी कल्पना समेत गर्न सक्दैनौं ।

वैज्ञानिकहरुले थुप्रै वर्ष लगाएर मानव मस्तिष्क सम्बन्धी अध्ययन र अनुसन्धान गरिसकेका छन् । यसको बारेमा जति सोच्यो त्यति अनौठो लाग्नेछ किनकी विश्वमा अहिले जति पनि कुरा सम्भव भएका छन् ती सबै कुरा पहिले दिमागले नै सोचेको थियो । सबै योजना पहिले दिमागमा बनिसकेपछि मात्र मानिसले काम गर्ने वातावरण जुटाउन सक्छन् । त्यसकारण दिमाग एउटा रहस्यमय अङ्ग हो । हाम्राे दिमागसम्बन्धी केही रोचक तथ्य यस्ता छन् :

१. मस्तिष्कमा नसा हुँदैन

हाम्रो पूरै शरीर मस्तिष्कका हिसाबले चल्ने भएपनि हाम्रो मस्तिष्क मात्र शरीरको यस्तो अङ्ग हो जसमा  कुनै नसा छैन । त्यसकारण मस्तिष्कलाई कहिल्यै दुख्दैन । दिमागको शल्यक्रिया गर्दा शरीरमा कुनै दुखाई महसुस नहुनुको कारण यही हो ।

२. यसकारण मस्तिष्कले कम्प्युटर जसरी काम गर्न सक्दैन

दिमागलाई सबैभन्दा शक्तिशाली कुरा मानिएपनि यो कहिल्यै पनि कम्प्युटर भन्दा तेज हुन सक्दैन । एउटा समयमा एउटै काममा मात्र ध्यान लगाउन सक्ने भएकाले दिमाग कम्प्युटर जसरी सबै काम एकै पटकमा गर्न सक्दैन ।

३. हाम्रो शरीरको सबैभन्दा बढी ऊर्जा खर्च गर्ने अङ्ग मस्तिष्क हो

शरीरमा जाने रगत र अक्सिजनको २० प्रतिशत भाग दिमागले मात्रै प्रयोग गरिरहेको हुन्छ । त्यसैकारण मस्तिष्कलाई स्वस्थ राख्नका लागि नियमित व्यायाम गर्नुपर्छ । यसो गर्दा तेजसँग रगत सञ्चालित हुन्छ अनि दिमागले पर्याप्त अक्सिजन पाउन सक्छ ।

४. हाम्रो मस्तिष्कले एक दिनमै ७० हजार अलग विचार सोच्न सक्छ 

यो सुन्दा अनौठो लागेपनि समान्य रुपमा दिमागले दैनिक ७० हजार अलग विचार सोच्न सक्छ तर त्यसमध्ये सबै सम्झन सक्दैन । केबल हाँस्नका लागि मात्र पनि दिमागका पाँच अलग अलग भाग एकैसाथ सक्रिय हुनु जरुरी हुन्छ ।

५. दायाँ र वायाँ दिमागबारे यस्तो भ्रम छ

धेरै मानिसहरु दायाँ र वायाँ दिमाग छुट्टाछुट्टै हुन्छन् भन्ने सोच्छन् । तर यसको वास्तविकता के हो भने मानिसले आफ्नो प्रवृत्ति अनुसार दायाँ र वायाँ दिमाग प्रयोग गर्छन् । खासमा कुनै पनि कुरा सोच्नका लागि दुवै तर्फको दिमाग उपयोग गरेपछि मात्र सोच्न सम्भव हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या