नयाँ शक्ति फेरी जोडीने भो बाम गठबन्धनमा 

th

कार्तिक ,७ काठमाण्डौं,  नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बबुराम भट्टराई बाम गठबन्धनबाट बाहिरियर नेपाली काँग्रेससँग गठबन्धन गरे लगत्तै नयाँ शक्ति पार्टीमा फेरी अर्को विद्रोह हुने भएको छ । गत असोज १७ गते एकाएक त्रिदलीय बाम गठबन्धनमा गठजोड गर्दै इतिहासको आवश्यक्ताले गठबन्धन गराएको र कार्यकारी राष्ट्रप्रमुख अनि समृद्ध राष्ट्र निर्माणको लागि यो गठबन्धको औचित्यको साथै पार्टी एकिकरणसम्म पुग्ने लक्ष्यको व्याख्या गर्न भ्याएका बाबुरामको यो कांग्रेससँगको तालमेलबाट उनका आम समर्थक झस्किएका छन् । माओवादी जनयुद्धलाई अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधान सभाको नारा मार्फत अबतरण गराउन सफल भएका बाबुरामले संविधान सभाबाट संविधानको घोषणा गरे लगत्तै माओवादी पार्टी विघटन गरेर नयाँ शक्तिको निर्माण गर्नुपर्ने कार्यनीतिलाई जोडतोडका साथ उठएका थिए तर प्रचण्ड पार्टी विघटन गरेर नयाँ पार्टी बनाउन तयार नभएपछि संसद र पार्टीबाट राजिनामा दिएर नयाँ शक्ति पार्टीको घोषणा गर्दै ५ “स” आर्थिक क्रान्ती र समृद्ध नेपाल बनाउने खाका सहित अभियान अगाडी बढाए । स्थानिय चुनाबको लगत्तै उनले विश्वास गरेका पात्रहरु रामचन्द्र झा, देवेन्द्र पौडेल लगाएतकाले धोका दिएको अवस्थामा बामएकताको पत्रमा सहि गर्दैगर्दा यो बाम एकताले तीनवटै पार्टीहरुलाई विघटन गर्दै नयाँ पार्टी बन्ने भन्ने भनाई तिनै जना नेताहरुको भाषणमा व्यक्त हुदैगर्दा सारमा बाबुरामकै एजेण्डामा राष्ट्रिय पार्टीहरु र तिनका नेतृत्वहरु घुमिरहेको अनुमान गर्न सकिन्थ्यो । अस्थिर राजनीतिका कारण जर्जर भएको नेपाली राजनीतिमा तीन बाम धु्रविकरणले राजनैनिक स्थिरता ल्याउने हुँदा आम उत्साह जागेको थियो तर यो उत्साहमा बाबुरामको बामघटकबाट बर्हिगमन भएपछि ह्रास छाएको कुरा नयाँ शक्तिका एक केन्द्रीय कार्यकारी सदस्यले बताए । बाम एकताको पक्षमा रहेका सिनियर नेताहरुदेखि लिएर कार्यकर्ताहरु अव बाबुरामलाई कांग्रेससँगको तालमेलमा साथ नदिने बरु १७ गतेको बाम गठबन्धनमा भएको सहमति अनुसार नै अगाडी बढ्ने तयारी गर्दै गरेको कुरा उनले बताए । सम्भबत, दुईचार दिनभित्रै यो समुहले बाबुरामले छोडेको बाम चुनावी तालमेल देखि लिएर पार्टी एकिकरणसम्मको कार्यनीतिमा अग्रसर हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण