October 19, 2017

आज देशभर झिलिमिली , बिजुली नकाटिने !

२ कात्तिक, काठमाडौं : आज लक्ष्मीपूजा, बेलुकी झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाउने काम हुँदैछ । विद्युत् प्राधिकरण भने वर्षमै सबैभन्दा बढी बिजुलीको माग हुने भएकाले आज कुनैपनि हालतमा बत्ती नजाने व्यवस्था गर्न विभिन्न कामको चटारोमा व्यस्त छ ।

 

th

मध्यान्ह भक्तपुर सबस्टेशनमा समस्या अाएको खबर पाएपछि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ आफैं त्यहाँ पुगेर मर्मतको काम गराइरहेका छन् । आजका लागि प्राधिकरणको एउटै लक्ष्य छ- बिजुली जोडिएका कुनैपनि घरमा बत्ती ननिभाउने ।

त्यसैअनुसार प्राधिकरणले आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएको छ । अपरान्हसम्म सबै व्यवस्थापकीय काम सकेर प्राधिकरण बेलुकीको प्रतिक्षामा रहनेछ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार हालसालै सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको मर्मत गरिएको छ ।

कुनै स्थानमा समस्या आउने बित्तिकै आधा घन्टाभित्रै सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको ‘प्रोम्प्ट सप्लाई रेसपोन्स टिम’ (पीएसआरटी) पनि तयारी अवस्थामा छ । यो टिम कतै समस्या आए त्यहाँ तुरुन्तै पुग्नेछ ।

लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ । काठमाडौंसँगै ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा ३ सय ५० देखि ३ सय ६० मेगावाटसम्म बिजुलीको माग हुने प्राधिकरणको पूर्वानुमान छ । समस्या नआओस् भनेर प्राधिकरणले यस क्षेत्रका सबै सबस्टेसनको मर्मत पनि गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष