काठमाडौँ, २३ असोज । चुनावी तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँड गर्न सकस परेको छ । कुन सिट कहाँ कसरी भागबन्डा गर्ने भन्ने प्रारुप तयार गर्न कार्यदलले अभ्यास गरिरहे पनि निष्कर्ष निस्केको छैन ।
दुबै दलले ६० र ४० प्रतिशतका आधारमा सिट मिलाउने समझदारी गरेका थिए । त्यसअनुसार कहाँ कुनले लिने भन्नेमा निर्णय गर्न दुबै दललाई समस्या परेको छ ।
कार्यदलका संयोजक एमाले महासचिव इश्वर पोखरेलले सिट मिलाउने प्रयास जारी रहेको बताए । कार्यदलस्तरको बैठकलाई निष्कर्षमा पुर्याउन पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक सार्न आइतबार माओवादीले प्रस्ताव गरेको थियो ।
सोमबार बस्ने बैठकले सिट बाँडफाँडको खाका ल्याउन सक्ने पोखरेलले जानकारी दिए । बिशेषगरी दुई बिषयलाई आधार मानेर बाँडफाँड गर्ने समझदारी दुई दलबीच छ । तीन दिनभित्र सिट बाँडफाँडको आधार तयार गर्ने भनिएको छ ।
प्रारम्भिक गृहकार्यअनुसार जीत सुनिश्चित हुने उम्मेदवार र क्षेत्र छान्ने तथा २०७० को संविधान सभा र २०७४ को स्थानीय तह चुनावको मत परिणाम बिश्लेषण गरेर क्षेत्र छुट्टाइने छ । दुबै दलले बिशेषज्ञसंग समेत छलफल गरी चुनावी मतपरिणामको बिश्लेषण गराइसकेका छन् ।
काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल
काठमाडौँ, असोज ६ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठनसहित ४ बुँदे
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौँ, असोज ५ गते। गृहमन्त्री तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले आइतबार सशस्त्र
काठमाडौँ, असोज २ गते । नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच
काठमाडौँ, असोज १ गते।सरकारले हालै सम्पन्न सचिवस्तर बैठकमार्फत २१ बुँदे निर्णय सार्वजनिक गरेको छ। सिंहदरबारमा