गुजरात चुनावमा मोदीको इज्जत जोगिएला ?

भारतको गुजरात राज्यमा पर्ने आणन्द जिल्लामा ‘गरबा’ हेर्न गएका एक दलित युवकलाई कुटपिट गरी हत्या गरियो । उक्त घटनाको केही दिनअघि जुँगा राखेको आरोपमा एक दलित युवकमाथि कुटपिट भयो । गुजरातमा विधानसभाको चुनावको तयारी हुँदै गर्दा यस्ता घटनाहरु सार्वजनिक भइरहेका छन् । 

2

तर यी घटनाहरु गुजरातमा सामान्य जस्तै मानिन्छन् । गुजरातमा दलित दुलहालाई घोडामा सवार भएर बिहे गर्न दिइँदैन भने हजामहरु दलितको कपाल काट्न मान्दैनन् । केही समयअघि दलित प्रहरीलाई विवाहमा घोडामा चढेर दुलहीको घर जान अवरोध गरिएको थियो । 

उना नामक क्षेत्रमा गाईको छाला काढ्ने दलित युवकमाथि गरिएको कुटपिटको घटनापछि जातीय उत्पीडनलाई लिएर गुजरातमा प्रतिरोध बढ्दै गएको छ । दसैंको दिन अहमदावादमा तीन सय दलित परिवारले धर्म परिवर्तन गरेर बौद्ध धर्म अंगिकार गरेका छन् । 

जुँगा राख्ने दलित युवकमाथि कुटपिट गरिएको विरोधमा सामाजिक सञ्जालमा जुंगा भएका तस्विर राख्ने अभियान गुजरातमा भाइरल भएको थियो । चुनाव नजिकिँदै गर्दा यस्ता खबरहरुले सत्तारुढ भारतीय जनता पार्टीलाई नोक्सान पुग्नु स्वाभाविक हो र यो देखिँदै पनि आएको छ । 

सामाजिक सञ्जाल प्रयोग गरेर २०१२ मा विधान सभा चुनाव र २०१४ मा आम चुनाव जितेर सत्तामा पुगेको भारतीय जनता पार्टीमा अहिले सामाजिक सञ्जालबाटै त्रास देखिएको सहजै अन्दाज लगाउन सकिन्छ । सामाजिक सञ्जालमा फैलिँदै गएको भाजपा विरोधी अभियानलाई लिएर अध्यक्ष अमित शाहले सार्वजनिक रुपमा नै बयान दिए, ‘‘जनताले सोसल मिडियामाथि ध्यान दिन जरुरी छैन, यो सबै कांग्रेसको प्रपोगण्डा हो ।’’

मंगलबार गुजरात सरकारले ठूलो तामझामका साथ ‘बीच टुरिजम’ प्रवद्र्धनका लागि ठूलै कार्यक्रम आयोजना गर्यो तर औंलामा गणना गर्न सकिने जनताको उपस्थितिमा मन्त्रीहरु खाली कुर्सी सामु भाषण गरिरहेको दृष्य देख्न पाइयो । यो आयोजनलाई जनताले सोझै बहिष्कार गरिदिए ।

गत शनिबार पार्टी अध्यक्ष शाहले सुरु गरेको ‘गौरव यात्रा’का क्रममा पार्टीकै युवाहरुको विरोधको सामना गर्नुपर्यो । यस्ता विरोधले सत्तारुढ भाजपालाई चुनाव नजिकिँदै गर्दा सत्ता विरोधीहरु पनि बढ्दै गएको चिन्ता बढेको छ । 

प्रधानमन्त्री मोदी कांग्रेस उपाध्यक्ष राहुल गान्धीको सिको गर्दै अक्टोबर ७ र ८ मा उनले गरेको चुनावी यात्रामै यात्रा गर्ने तयारीमा छन् । गान्धीले केही दिनअघि गुजरातमा द्वारकादेखि चोटीलाको एक पहाडी मन्दिरसम्म यात्रा गरेका थिए । राज्यमा ठूलो दलको हैसियतमा रहेको पार्टीलाई प्रतिपक्षी दलले गरेको प्रचारको सिको गर्नुलाई अनेक अर्थमा हेरिएको छ । गुजरातमा सत्तारुढ भाजपा विरुद्ध अनेक जात–जातिको विद्रोहले नकारात्मक असर देखाउन लागेको छ । 

यसै कारण भाजपाले गुजरातमा ‘भोटमा विभाजन’लाई मुख्य चुनावी रणनीति बताएको छ । आम आदमी पार्टीले गुजरातमा अक्टोबर ५ देखि चुनावी प्रचार अभियान थालनी गर्ने घोषणा गरिसकेको छ । आम आदमी पार्टीले गुजरातमा बढीभन्दा बढी क्षेत्रमा चुनाव लड्ने अनुमान गरिएको छ । 

भाजपाले कांग्रेसबाट छुट्टिएका नेता शंकरसिंह वघेला पक्षका केही भोट तान्ने प्रयास पनि गर्ने आंकलन गरिएको छ । गुजरातमा सत्ताको नेतृत्व यथावत राख्न यही एउटा उपाय बाहेक भाजपासँग अन्य कुनै बाटो बाँकी छैन । प्रधानमन्त्री मोदी बाहेक भाजपासँग गुजरातमा मतदाता आकर्षित गर्ने अरु कुनै नेता समेत छैनन् । गुजरातका नेताहरुलाई हरेक स्थान र बस्तुमा मोदीको नाम जोड्नुको विकल्प नै छैन । चुनाव नजिकिएसँगै प्रधानमन्त्री मोदी गुजरातमै बस्ने र उनले कमाएको इज्जतबाटै भाजपाले चुनाव लड्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र