सन्तान भएपनि वृद्धाश्रमको सहारा

 वृद्धाश्रममा बस्न बाँध्य भएका, छोरा–बुहारीले वृद्धाश्रममा ल्याएर राखेका, छोरा–बुहारी अमेरिका, अस्ट्रेलिया, बेलायतलगायतका मुलुकमा डाक्टर, इन्जिनियर भएर बसेका, आफन्तले घरबाट निकालिदिएका विभिन्न दलका नेता, सरकारी कर्मचारी र राज्यका जिम्मेवार निकायमा रहेका व्यक्तिका आमाबुबालगायत छन् । 
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार देशै भरी करिब ८८ वटा वृद्धाश्रम सञ्चालनमा छन् । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या नेपालमा करिब २२ लाख रहेको छ । अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले ज्येष्ठ नागरिकले पाउँदै आएको दुई हजार रूपियाँ उनीहरु जस्तै वृद्धाहरुलाई हेरेर पनि सरकारले वृद्धाभत्ता वृद्धि गरी पाँच हजार पुर्याउनुपर्ने माग गरे । 

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पालामा २०५१ सालमा एक सय रूपैयाँबाट सुरू गरिएको वृद्धभत्ता अहिले दुई हजार रूपैयाँ पुगेको छ । अध्यक्ष पराजुलीले कानूनअनुसार ६० वर्ष पुगेका ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउनुपर्नेमा समेत जोड दिए । अहिले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मात्र भत्ता वितरण गरिँदै आएको छ । 

सार्वजनिक सवारीसाधनमा ५० प्रतिशत छुट गर्नुपर्ने र निजी तथा सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने लगायतका विभिन्न माग गर्दै अग्रज समाजको नेतृत्वमा विगत पाँच वर्षदेखि नयाँ वानेश्वरस्थित संविधानसभा भवन नजिकै ज्येष्ठ नागरिकले धर्ना दिँदै आएका छन् । धर्नामा दैनिक करिव २०० जना ज्येष्ठ नागरिकको उपस्थिति रहेको हुन्छ । 

सरकारले वितरण गरेको वृद्धाभत्ता सबै ज्येष्ठ नागरिकले समान रूपमा पाउनुपर्ने राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको भनाइ छ । नेपालको संविधानमा ज्येष्ठ नागरिकको हक सम्बन्धमा ‘ज्येष्ठ नागरिकलाई कानूनबमोजिम राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’, भनी उल्लेख गरिएको छ । 

भएको सम्पत्ति आफ्नो नाममा गराउने र बुढा भएका बाबुआमालाई वृद्धाश्रममा लगेर राख्ने संस्कारको अन्त्यका लागि पनि बुबाआमा जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बुबाआमाका विरुद्धमा सन्तानले कुनै बहानामा उजुरी गर्न नपाइने कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ । 

संयुक्त राष्ट्र संघले सन् १९९० मा गरेको घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभरि अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइन्छ । यस वर्ष ‘भविष्यतर्फ पाइलाःज्येष्ठ नागरिकको प्रतिभाको उपयोग, योगदान र समाजमा सहभागिता’ भन्ने नाराका साथ सत्ताइसौँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेताहरूले समेत शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष