वृद्धाश्रममा बस्न बाँध्य भएका, छोरा–बुहारीले वृद्धाश्रममा ल्याएर राखेका, छोरा–बुहारी अमेरिका, अस्ट्रेलिया, बेलायतलगायतका मुलुकमा डाक्टर, इन्जिनियर भएर बसेका, आफन्तले घरबाट निकालिदिएका विभिन्न दलका नेता, सरकारी कर्मचारी र राज्यका जिम्मेवार निकायमा रहेका व्यक्तिका आमाबुबालगायत छन् ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार देशै भरी करिब ८८ वटा वृद्धाश्रम सञ्चालनमा छन् । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या नेपालमा करिब २२ लाख रहेको छ । अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले ज्येष्ठ नागरिकले पाउँदै आएको दुई हजार रूपियाँ उनीहरु जस्तै वृद्धाहरुलाई हेरेर पनि सरकारले वृद्धाभत्ता वृद्धि गरी पाँच हजार पुर्याउनुपर्ने माग गरे ।
सार्वजनिक सवारीसाधनमा ५० प्रतिशत छुट गर्नुपर्ने र निजी तथा सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने लगायतका विभिन्न माग गर्दै अग्रज समाजको नेतृत्वमा विगत पाँच वर्षदेखि नयाँ वानेश्वरस्थित संविधानसभा भवन नजिकै ज्येष्ठ नागरिकले धर्ना दिँदै आएका छन् । धर्नामा दैनिक करिव २०० जना ज्येष्ठ नागरिकको उपस्थिति रहेको हुन्छ ।
सरकारले वितरण गरेको वृद्धाभत्ता सबै ज्येष्ठ नागरिकले समान रूपमा पाउनुपर्ने राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको भनाइ छ । नेपालको संविधानमा ज्येष्ठ नागरिकको हक सम्बन्धमा ‘ज्येष्ठ नागरिकलाई कानूनबमोजिम राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’, भनी उल्लेख गरिएको छ ।
भएको सम्पत्ति आफ्नो नाममा गराउने र बुढा भएका बाबुआमालाई वृद्धाश्रममा लगेर राख्ने संस्कारको अन्त्यका लागि पनि बुबाआमा जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बुबाआमाका विरुद्धमा सन्तानले कुनै बहानामा उजुरी गर्न नपाइने कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ ।
संयुक्त राष्ट्र संघले सन् १९९० मा गरेको घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभरि अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइन्छ । यस वर्ष ‘भविष्यतर्फ पाइलाःज्येष्ठ नागरिकको प्रतिभाको उपयोग, योगदान र समाजमा सहभागिता’ भन्ने नाराका साथ सत्ताइसौँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेताहरूले समेत शुभकामना दिएका छन् ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल