बाढीले खोस्यो खुशी

३ असोज, भैरहवा । हरेक वर्ष दशैं तिहार नजिकिँदै गर्दा भैरहवाका बुद्धु हरिजनको चिन्ता बढ्छ । दैनिक मजदुरी गरेर गुजारा चलाउँछन्, हरिजन दम्पत्ति 

सम्पत्तिका नाममा एउटा माटोले बनेको झुप्रो घर मात्र थियो, उनीहरुसँग । त्यही पनि बाढीले भत्काइदिएपछि नयाँ कसरी बनाउने भन्ने चिन्ता थपिएको छ ।

चाडबाड सुरु हुनुअघिको बाढीले उनीहरुलाई उठिबास लगाएको छ ।

बुद्धुकी पत्नी उषाले पनि विगतमा चाडबाडमा पतिसँग उपहार माग्थिन्, यसपालि उपहार खरिद गर्ने कुनै उपाय बाँकी रहेन । बरु, पतिसँगै ज्याला मजदुरीमा खटिनु परेको छ, उनलाई पनि ।

छरछिमेकीले खसी, बोका काटेर चारैतर्फ मासु पकाएको वासना आइरहँदा हरिजन दम्पत्तिसामु चुपचाप बस्नुको विकल्प छैन । साँझबिहानको छाक टार्नै कठिन छ, उनीहरुलाई । ‘दशैं मनाउने रहर मात्र गरेर भएन, एक दिन काम नगरे दुई छाक टार्नै गाह्रो छ, के गरेर मनाउनु र !’ बुद्धु भन्छन् ।

निष्ठुरी प्रकृतिको कहर उनीहरुले नै खेप्नु परेको छ । पत्नीलाई दशैंमा उपहार किनिदिने उनको सपना सपनामै सीमित बन्यो । बाढीले छिनभरमै उनीहरुको सपना बिथोलिदिएन मात्र, जीवन नै कष्टकर बनाइदियो ।
आफू दुःखजिलो गरेर पनि बुद्धुले पत्नी उषालाई घरायसी काममै सीमित राखेका थिए । साँझ घर फर्किंदा पत्नीको हँसिलो मुहार देख्दा सबै दुःख, कष्ट टाढा भाग्थे । अहिले उनलाई पनि आफूसँगै जटिल काममा लगाउनु पर्दा दुःखी छन् ।

भत्किएको घर हेर्न त धेरै आए तर सहयोग गर्ने मनकारी कोही झुल्किएन ।

जिल्ला प्रशासनले एक हजार पाँच सय रुपैयाँ सहयोग दियो । तर, त्यसबाट घर बन्ने कुनै सम्भावना थिएन । त्यो पनि धेरै दौडधुपपछि मात्र उनको हात लागेको थियो । साढे चार सय त दौडधुपमै सकियो 

उनीहरुसँग भत्किएकै घरमा त्रसित जीवन बिताउनुको विकल्प छैन । पक्की त टाढाको कुरा पहिलेझैं माटोकै घर भए पनि बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ, बुद्धलाई । तर कसरी बनाउने ? उनीसँग कुनै जवाफ छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो