१० असोज, एजेन्सी ।
अमेरिकाले आफूविरुद्ध युद्धको सुरुवात गरेको आरोप उत्तर कोरियाले लगाएको छ । अमेरिकाले उत्तर कोरियामाथिबाट आफ्ना बमबर्षक लडाकु विमान उडाएपछि उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको यस्तो प्रतिक्रिया आएको हो ।
विदेशमन्त्री रिले उत्तर कोरियाको आकाशमा उडेका अमेरिकी बमबर्षक विमान खसाल्ने चेतावनी समेत दिएका छन् । अमेरिकाले पटक पटक उत्तर कोरियासँग झगडा गरेर युद्धको सुरुवात गरेको र यो कुरा विश्वले थाहा पाउनुपर्ने पनि विदेशमन्त्री रिले बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयले भने उत्तर कोरियाले युद्धका लागि अमेरिकालाई उक्साइरहेको र यो काम तत्काल बन्द गर्न चेतावनी दिएको छ ।
पछिल्लो समय अमेरिकाले उत्तर कोरियाको सीमा क्षेत्रमा बमबर्षक विमान उडाइरहेको छ । पछिल्लो समय उत्तर कोरियाले परमाणु परीक्षण गरेपछि अमेरिका र उत्तर कोरियाबिचको तनाव थप बढेको छ । परमाणु परीक्षणलाई लिएर उत्तर कोरियामाथिको प्रतिबन्ध अमेरिका तथा संयुक्त राष्ट्रसंघले थप कडा बनाएका छन् ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन