१३१ स्थानीय तहको परिणाम, को कहाँ अगाडि?

स्थानीय तह निर्वाचनको तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा असोज २ गते भएको स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म १३१ स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ। १ सय ३६ तहमध्ये अब ५ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ। बाँकी तहमा मतगणना जारी छ।local-election

अहिलेसम्म नेपाली कांग्रेस ३८ स्थानीय तहमा विजयी भएको छ। संघीय समाजवादी फोरम २५ तहमा विजयी भएको छ भने राजपा २४ स्थानीय तहमा विजयी भएको छ।

माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी हुँदा नेकपा एमाले १७ तहमा विजयी भएको छ। लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी १ स्थानमा विजयी भएको छ।

अब बाँकी रहेको ५ स्थानीय तहमा नेकपा एमाले र संघीय समाजवादी फोरम २-२ तथा माओवादी केन्द्र १ स्थानमा अग्रता लिएका छन्।

को कहाँ अगाडि

माओवादीले अग्रता लिएका स्थानीय निकाय

धनुषा:-सबैला नगरपालिका अक्षयलाला यादव

एमालेले अग्रता लिएका स्थानीय तह

बारा :-कलैया उपमहानगरपालिका विनोद शाह

बारा :-कोल्हवी नगरपालिका भरतबहादुर भण्डारी

संघीय समाजवादी फोरमले अग्रता लिएका स्थान

पर्सा:-वीरगञ्ज महानगरपालिका विजय कुमार सरावगी

सप्तरीः- राजबिराज नगरपालिका भिमराज यादव

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारद्वारा ६ दलको साझा घोषणापत्र समेटिएको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक, ५ वर्षमा १५ लाख रोजगारी लक्ष्य(पुर्णपाठ )

बैशाख १, २०८३, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले ६ वटा राजनीतिक दलका घोषणापत्र समेट्दै

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स

श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको